बंगुरको खोरबाट निस्किईन पुष्पा राई

khali

बेनी । गरिबी र नियतिको भूमरीमा परेकी बेनी नगरपालिका–७,मंगलाघाट बजार नजिकै रहेको एउटा बंगुर फार्ममा रहेकी राजकुमारी राईको दुखान्त कथा सार्वजनिक भएपछि सहयोगदाताले हात थापेका छन् ।
आफ्नो भोक, प्यास, निन्द्रा, सबै बिर्सेर छोरी पुष्पाको शिक्षादीक्षाका लागि पसिना बगाएकी राजकुमारी गरिबीबाट छुटकारा पाएकी छैनन् । राजकुमारीको दुखान्त कथा जोडिएको समाचार भएपछि बेनी नगरपालिका–६, छाप घर भई हाल यूकेमा रहेका किसान जिसीले कक्षा १२ सम्म लाग्ने शैक्षिक सहयोग गरेका छन् ।
बेनी नगरपालिका–२,बगरफाँििटस्थत सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छोरी पुष्पाको शिक्षादीक्षामा कुनै समस्या हुन नदिन अमेरिकामा रहेकी समाजसेवी शोभा पाण्डेको अगुवाईमा मनु शाह, शिला रेग्मीले २५ हजार र रिक म्याग्दी गैरसरकारी संस्थाले पोशाक, स्टेशनरी र झोला सहयोग गदैं बार्षिक ५ हजार बराबरको स्टेशनरी सहयोग गरेको विद्यालयकी सहायक प्रअ घनदेवी घर्तीमगरले बताउनुभयो ।

khali


‘पुष्पा जेहन्दार,अध्ययनशील र अनुशासितका साथै विद्यालयकै मेधावी छात्रा हुन्,‘अब पढाईमा कुनै समस्या हुन्न’ सप्रअ घर्तीमगरले भन्नुभयो । भविस्यमा डाक्टर बन्ने सपना बोकेकी पुष्पालाई बंगुरको खोरमा राखेर मजुदरी गर्ने बाध्य राजकुमारीको दैनिकी समेत समाचारपछि फेरिएको छ ।
बंगुरको खोरभित्र पढ्ने उचित वातावरण नभएपछि अहिले भाडामा बस्न थालेकी छन् । रित्तो बंगुर फार्म कुरेर बसेकी राजकुमारीले अव मजदुरी गरेर खर्च चलाउने र दाताको सहयोगले छोरीको शिक्षादीक्षामा खर्च गर्ने बताउनुभयो । आर्थिक सहयोगका लागि दाताले धेरै चासो देखाएपनि नेपाली नागरिकता र छोरीको जन्मदार्ता नहुदाँ समस्या भएको थियो ।

Shreekrishna hardwear in news


राजकुमारी र छोरी पुष्याका लागि पत्रकार हरिकृष्ण गौतमले संकलन गरेको रकम विद्यालयमा एक समारोहका बिच हस्तान्तरण गरिएको छ । विद्यालयका सल्लाहकार चन्द्रबहादुर घिमिरे र प्रधानध्यापक छेमप्रसाद गर्बुजा पुनले परोपकारी पत्रकारितामार्फत विपन्न र बेसहारका लागि भइरहेको प्रयासले धेरैको जिवनमा परिवर्तन भएको बताउनुभयो ।
प्रअ गर्बुजाले विहान–बेलुकी हातमुख जोड्न समेत ठुलै यूद्ध जिते जस्तै हुने गरेको परिवारमा सहयोगले पढाईलाई खर्चका लागि सहज भएको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा राजकुमारी राई सहयोगलाई छोरीको शिक्षादिक्षामा खर्च गर्ने र आफुँले मजदुरी गरी घरखर्च चलाउने बताउनुभयो ।
कठिनाइपूर्ण यात्राले गरिबीको चित्र रेखा लिपिबद्ध गर्छ भन्ने उदाहरण बनेकी राजकुमारीले गरिबीको मुक्तिका लागि अझै कयौँ सङ्घर्ष गर्नुपर्छ । तर पनि सहयोगदाताको सहयोगले अहिले आफ्नै कोखबाट जन्म लिएकी छोरीलाई बंगुरको खोरबाट निकाल्न सफल हुनुभएको छ ।
साँच्चै नेपालीहरू जहाँ हुन्छन् उनीहरू मानवीयताको सवालमा भने आत्मीय लाग्छन् त्यसैले त अभावको जिन्दगी जिउनेहरूको लागि सहयोग वास्तविक मलहम बनेको छ । म्याग्दीमा धेरै गरिबीको चपेटामा परेकाहरुलाई सहयोगबाटै नयाँ जिवन पाएका दर्जनौ छन् । यही मलहम राजकुमारी र चिकित्सक बन्ने सपना बुनेर पुष्पाले पढाइमा समेत प्रयोग भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...