एमालेलाई पहिलो पार्टी बनाउँछौं ः पोलिट व्युरो सदस्य केसी

Sinchai Khanipani notice

पुलाचौर । नेकपा एमालेका पोलिट व्युरो सदस्य मनकुमारी केसीले ग्रासरुट अभियानमार्फत एमालेलाई पहिलो पार्टी बनाउने बताउनुभएको छ । शुक्रवार नेकपा एमाले बेनी नगरपालिका–५, वडा कमिटीले पुलाचौरमा आयोजना गरेको वडा कमिटी वैठक तथा ‘मिसन ग्रासरुट’ अभियानलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

Bhautik ministry notice about road
पोलिट व्युरो सदस्य केसीले एमालेको मिसन ग्रासरुट अभियानले पार्टीलाई थप सशक्त र बलियो बनाउने बताउँदै अभियानअन्तर्गत तल्लो तहबाटै पार्टीको सुदृढीकरण गरी बलियो र पहिलो नम्बरको पार्टी बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो । पार्टी कार्यकतालाई प्रशिक्षित गदै जनताको वीचमा पार्टी, कार्यकर्ता र जनता बीचको सम्वन्धलाई प्रगाढ बनाउने पनि अभियानको उद्देश्य रहेको उहाँले बताउनुभयो । 

यस अभियानमा पार्टी सदस्यता नवीकरण तथा विस्तारको साथै जनताका समस्या, गुनासा र अपेक्षाहरु समेत सङ्कलन गरिने बताउँदै पोलिट व्युरो सदस्य केसीले मिसन ग्रासरुट अभियानको कार्यक्रमले विगतमा भन्दा पार्टीलाई अझ बलियो बनाउन आवश्यक भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो । मिसन ग्रासरुट अभियानमार्फत युवा, महिला र ज्येष्ठनागरिक सबैलाई एमालेमा आबद्ध गराइने उहाँले बताउनुभयो । अर्को प्रसङ्गमा उहाँले अहिलेको सत्ता गठबन्धन धेरै समय नटिक्ने भन्दै गठबन्धनलाई नेकपा एमालेले तोडिदिने चेतावनी समेत दिनुभयो । 

सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले मिसन ग्रासरुट देशव्यापी रुपमा पार्टीको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको रुपमा सञ्चालन भैरहेको बताउनुभयो । उहाँले म्याग्दी जिल्लामा मिसन ग्रासरुट अभियानको रुपमा सञ्चालन भैरहेको बताउँदै पार्टीको जिल्ला कमिटी, पालिका कमिटी र वडा कमिटीको वैठकमार्फत अभियानलाई टोल तथा वस्तीस्तरमा पु¥याइने जानकारी दिनुभयो । पहिलो चरणको अभियान सकिएपछि दोस्रो चरणमा पालिकास्तरमा प्रशिक्षणका कार्यक्रम समेत राखिएको बताउँदै सचिवालय सदस्य श्रेष्ठले ग्रासरुट अभियानले एमाले पार्टी सुदृढ र बलियो हुने दावी गर्नुभयो । 

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्यद्वय रामप्रसाद सुवेदी र गोविन्द बानियाँले नेपाली जनताको सबैभन्दा लोकप्रिय पार्टी नेकपा एमाले भएको बताउँदै ग्रासरुट अभियानमार्फत एमालेको सञ्जाल व्यापक बनाउनुपर्ने बताउनुभयो । सदस्यद्वयले म्याग्दी जिल्लामा पनि जनमतको हिसाबले एमाले पहिलो पार्टी भएकाले जनताको समस्या समाधानमा क्रियाशील भएर लाग्ने बताउनुभयो । एमाले बेनी नगरपालिका कमिटी अध्यक्ष नारायण जिसीले जनताको पिर, मर्का, समस्या र बाध्यता बुझेर समाधान गर्नका लागि पनि मिसन ग्रासरुटले सघाउने बताउनुभयो । 
कार्यक्रम नेकपा एमाले पुलाचौर वडा कमिटी अध्यक्ष विशाल बानियाँको अध्यक्षता, सदस्यद्वय डम्बरबहादुर बानियाँको स्वागत र उदयबहादुर दर्जीको सञ्चालनमा सम्पन्न भएको थियो । ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित एमालेले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको हो । 
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...