पहिरो प्रभावितलाई जस्तापाता र टेन्ट सहयोग

Gandaki Pardesh notice

बेनी । नेपाल ताइवान संघले धवलागिरी गाँउपालिका–७ धारापानीका पहिरो प्रभावितका लागि जस्तापाता र टेण्ट सहयोग गरेको छ ।

३० थान टेन्ट र सात बण्डल जस्तापाता सहयोग गरेको हो । संघका नेपाल कोअर्डिनेटर सुबोध प्रधान र निर्मल श्रेष्ठले धारापानीका बासिन्दा समेत रहनुभएका म्याग्दी प्रवासी नेपाली संघ (मोना)का निबर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार चक्र थापालाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

शनिबार बेनीमा भएको सहयोग हस्तान्तरणका अवसरमा पोखरा स्थित स्थानिय सहजकर्ता शिव अधिकारी र बेनीका अनोद श्रेष्ठको पनि उपस्थिति थियो । धारापानीका इन्द्र थापा र पोखराका शिव अधिकारीले सामग्रीका लागि समन्वय गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

नेपाल ताईवान संघका अध्यक्ष राजु गुरुङ, उपाध्यक्ष राजन श्रेष्ठ, राम पाण्डे लगायतको पहलमा आर्थिक संकलन गरेर सामग्री खरिद गरेर उपलब्ध गराइएको हो । मोनाका निबर्तमान अध्यक्ष थापाले सडक खुल्ने बित्तिकै सामान गाउँमा लगेर पहिरो प्रभावितलाई वितरण गर्ने प्रतिवद्धता जनाउदै सहयोग दाताहरुलाई धन्यवाद दिनुभयो ।

नेपाल ताइवान संघका नेपाल कोअर्डीनेटर प्रधानले धारापानीमै पुगेर सामान हस्तान्तरण गर्ने लक्ष्य सहित आएपनि सडक अवरुद्ध भएकाले बेनीबाट फर्कनुपरेको बताउदै आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...