तिलु शर्माको ‘च्याप्प पर्वते माया’ले चर्चा बटुल्यो

Gandaki Ghumau

पछिल्लो समय सामाजिक सञ्जाल टिकटक, फेसबुकदेखि युट्युबसम्म ‘च्याप्प पर्वते माया’ बोलको गीत चर्चामा छ। गण्डक क्षेत्रको पुरानो मौलिक भाकाको रत्यौली गीत हालै युट्युब प्ल्याटफर्ममा सार्वजनिक गरिएको हो।

युट्युब च्यानलबाट सार्वजनिक हुनुअघि नै यस रत्यौली गीतका केही टुक्काहरु टिकटकमा भाइरल भइसकेका थिए। मौलिक रत्यौली नामाकरण गरिएको गीतको शब्द र स्वरमा मात्र होइन, म्युजिक भिडीयोमा पनि पुरानो मौलिकपन झल्किन्छ । यो गीत ‘बाबा इन्टरटेन्मेन्ट टिभी’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

पछिल्लो समय गाउँघरमा गाइने रत्यौली गीतलाई आधुनिकीकरण गर्ने नाममा मौलिकता मासेर व्यवसायिक मात्रै बनाउने गरिएको छ। तर, पर्वते मायाँ गीतमा रत्यौलीको मौलिकता र आधुनिकताको गज्जबै ‘फ्युजन’ पाउन सकिन्छ। 

Shreekrishna
Gunasthariya Shiksya

गायक प्रवेश पौडेलले गण्डक क्षेत्रमा प्रचलित पुरानो भाकालाई संकलन गरेर स्वर भरेका हुन्। उनलाई स्वरमा साथ दिएका छन्, गायक श्याम क्षेत्री र गायीका टिका सानुले। गीतको शब्द रचना दीपक अधिकारीले गरेका हुन्। 

रत्यौलीको मर्म मर्न नदिन मोडेल स्मारिका ढकाललाइ भिडियोमा लुठो बनाएर फिचर गरिएको छ । म्युजिक भिडियोमा दुर्गेस थापा, रविना भण्डारी, अर्जुन सापकोटा, गायिका सानु समेतको अभिनय देखिन्छ। कोरियोग्राफर तथा निर्देशक प्रविन थापाले भिडियोलाई हास्य शैलीमा मौलिकपन सहित आकर्षक बनाउन खोजेका छन्।
 
तिलु शर्मा पौडेलले निर्माण गरेको यस गीतलाई नयाँ पुस्ताका युवायुवतीहरुले राम्रो मन पराइरहेको उनीहरुले टिकट र फेसबुकमा पोस्ट गरेका भिडियो क्लिपले प्रष्ट पार्छ।

पछिल्लो समय हराउँदै गइरहेको मौलिक रत्यौली गीतलाई जस्ताको तस्तै टिपेर नयाँ पुस्तालाई हस्तान्तरण गर्न खोजेको पौडेलले बताए। युट्युब च्यानलमा यस गीतलाई पौने ६ लाख पटक हेरिसकिएको छ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...