डाँडै पिपल लिएर आए झलक पुन

Gandaki Pardesh notice

बेनी, । म्याग्देली कलाकार झलक पुनको लोक पप गित डाँडै पिपलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाका पुन र गायिका समिक्षा अधिकारीको आवाज रहेको गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो ।
संगितकार दिपक शर्माको संगित रहेको गितमा सुधिर श्रेष्ठ र आरुषी मगरको अभिनय रहेको छ । हाल प्रवासमा रहेका झलकले यसअघि ए नाचौ पञ्चेबाजैमा, लोक पप जुरी, सालैजो गित गुरासै फुल्यो गम्फाको भिरमा, महलका झ्यालबाट, चौवन्दी चोली लगायत गित सार्वजनिक भएका छन् ।
विज्ञान संकायमा स्नातक उतिर्ण गरेका पुनले शास्त्रीय संगितको पनि प्रशिक्षण लिएका छन् । यसअघिका गितमा दर्शक स्रोतबाट पाएको सकारात्मक र रचनात्मक सुझावबाट उत्साही भएका पुन यसपाली पनि सफलता पाउनेमा आशावादी हुनुहुन्छ ।

Bhautik ministry notice about road
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...