बैंकका कर्मचारी कुटिपिट गर्नेलाई कारबाहीको माग

Gandaki Pardesh notice

बेनी, । एनआइसी एसिया बैंकको बेनी शाखाका कर्मचारीलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बैंकर्स संघ म्याग्दीले ज्ञापनपत्र बुझाएको छ ।

वारीबेनीमा रहेको सोनिसा किराना पसलकी सञ्चालक सुधा मल्ल र उहाँका श्रीमान कृष्ण बहादुर मल्ललाई कर्जा र ब्याज बुझाउन अनुरोध गर्न गएका एनआइसी बैंक बेनी शाखाका प्रमुख बिनोद सापकोटा र कर्जा प्रमुख प्रकाश आलेलाई आक्रमण भएको थियो ।

बिहिबार दिउँसो भएको कुटपिटबाट टाउकोमा चोट लागेर घाइते भएका आलेको पोखरामा उपचार भइरहेको छ । कुटपिटमा संलग्न वारीबेनीका ४० वर्षीय कृष्णबहादुर मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बैंकर्स संघ म्याग्दीका अध्यक्ष नवराज ढुङ्गानाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा गएका शाखा प्रबन्धकहरुको टोलीले प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

“समयमा कर्जा नटिरी अटेर गरेर बसेकाले बैंकबाट लगानी गरिएको व्यवसायको स्थलगत कर्जा सुदपयोगिता निरीक्षण एवम् कर्जा असुलीका लागि पसलमा जँदा नियोजित रुपमा पसलको सटर बन्द गरेर ज्यानै मार्ने मनसाय राखी आक्रमण भएको छ,” ज्ञापनपत्रमा भनिएको छ “कुनै पनि निहुँमा निजी स्वार्थ पुर्तिका निम्ती जवरजस्ती कानुन नै हातमा लिई गरिने यस्ता अराजक निन्दनीय घटनालाई समयमानै नियन्त्रण गर्नतर्फ सरोकारवालाको ध्यान जाने अपेक्षा गरेका छौ ।”

प्रजिअ पौडेलले घटनामा संलग्नको पहिचान र प्रहरीको नियन्त्रणमा रहेकाले कानुन अनुसार कारबाही हुने विश्वास दिलाउनुभयो । उहाँले यस्ता घटना दोहोरीन नदिन प्रहरी प्रशासन सचेत रहेको र सम्भावित समस्याका विषयमा पुर्वजानकारी गराउन आग्रह गर्नुभयो । “हतोत्साही नहुनुहोस, आफ्नो मर्यादामा रहेर निर्धक्कका साथ काम गर्नुहोस,” उहाँले भन्नुभयो “सुरक्षा व्यवस्थापनमा प्रहरी प्रशासनबाट भरपुर सहयोग हुन्छ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...