बेनी नगरपालिकाको उत्कृष्ट लोगो डिजाइन गर्नेले पच्चिस हजार पुरस्कार पाउने

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको उत्कृष्ट प्रतिक चिन्ह (लोगो) डिजाइन गर्नेलाई रु. पच्चिस हजार हजार नगद पुरस्कार प्रदान गरिने भएको छ ।

नगरपालिकाले फागुन ३० गते एक सार्वजनिक सूचना जारी गरेर मूल्याङ्कन समितिबाट उत्कृष्ट ठह्याइएको लोगोको डिजाइनकर्तालाई पुरस्कार स्वरुप रु. पच्चिस हजार र सम्मान पत्र प्रदान गरिने जनाएको छ ।

Bhautik ministry notice about road

प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बेनी नगरपालिकाको भूगोल, जनजीविका, ऐतिहाँसिक, धार्मिक, सांस्कृतिक एवम् अन्य विशिष्ट पहिचान झल्किने गरी प्रतिस्पर्धात्मक विधिबाट प्रतिक चिन्ह लोगो बनाउन लागिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

फागुन २९ गतेको कार्यपालिकाको बैठकको निर्णय अनुसार ३० गतेदेखि १५ दिनभित्र लोगो डिजाइन गरी इकपी खामबन्दी गरेर कार्यालयमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । विभिन्न १० वटा सर्तभित्र रहेर लोगो डिजाइन गर्न नगरपालिकाले आग्रह गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...