बैंकका कर्मचारीमाथी आक्रमण

Gandaki Pardesh notice

बेनी। एनआइसी एसिया बैंकको म्याग्दीको बेनी स्थित शाखाका कर्मचारीमाथी बिहिबार कुटपिट भएको छ ।

पर्वतको जलजला गाउँपालिकाको लामाखेतमा गएका शाखा प्रमुख बिनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथी भौतिक आक्रमण भएको बैंकले जनाएको छ ।

Bhautik ministry notice about road

आक्रमणबाट टाउकोमा चोट लागेर पाँच टाका लगाएका आलेलाई थप उपचारका लागि पोखरा लगिएको छ । प्रबन्धक सापकोटा सामान्य घाइते हुनुभएको छ । घरको सटर लगाएर कोठाभित्र थुनि नियोजित रुपमा कुटपिट भएको बैंकका अन्य कर्मचारीहरुले बताएका छन् ।

Shreekrishna hardwear in news

पर्वतका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले बैंक कर्मचारी कुटपिटको घटनामा संलग्न जलजला गाउँपालिका २ का ४० वर्षीय कृष्णबहादुर मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताउनुभयो ।

बैंकका कर्मचारीमाथी भएको आक्रमण र ज्यादती विरुद्ध शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम बनाएको बैंकर्ष संघ म्याग्दीका अध्यक्ष नवराज ढुङ्गानाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...