राम्चे र हिस्तानमा निशूल्क आँखा शिविर

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–७ हिस्तान औला र ८ राम्चेमा निशूल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग, वडा कार्यालयहरुको समन्वय र नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा म्याग्दीको आयोजनामा फागुन २८ गते राम्चे र २९ गते औलामा शिविर सम्पन्न भएको हो ।

राम्चेमा १२९ र औलामा १६७ जना गरि २९६ जनाकाँ आँखा परिक्षण गरिएको नेत्रज्योती संघले जनाएको छ । सो शिविरमा १० जना मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान भएका नेत्र ज्योती संघ म्याग्दीका सचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रका प्राबिधिक दिनेश बानिया सहित स्थानीय स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले सेवा दिनुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मंगलबार अन्नपूर्ण गाउँपालिका ५ शिखमा शिविर आयोजना गरिएको छ । यसअघि रघुगंगा गाउँपालिका–६ पाखापानी र मंगला गाउँपालिका–१ कुहुँमा सम्पन्न निशूल्क आँखा शिविरमा ४५० जनाको परिक्षण गरिएकोमा १७ जना मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पहिचान भएका थिए ।

ग्रामिण क्षेत्रको शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीहरुलाई चैत ५, ६ र ७ गते हिमालयन आँखा अस्पताल पोखरा र बेनी अस्पतालको सहयोगमा आयोजना गरिने शिविरमा निशूल्क शल्यक्रियाको व्यवस्था मिलाइने नेत्रज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाले बताउनुभयो । अन्धोपन निवारणका लागि काम गर्दै आएको नेत्रज्योती संघले बेनीको गणेशटोलमा आँखा उपचार संचालन गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...