दश महिनापछि लाम्पाटा–दरवाङ खण्डको सडक निर्माणले गति लियो

Gandaki Ghumau

बेनी, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्डका ठेकेदार दश महिनापछि काममा फर्किएका छन् ।

२०७९ बैशाख महिनादेखि रोकिएको म्याग्दीको लाइफ लाइन मानिएको सो सडक निर्माणको काम यसै महिनादेखि सूचारु भएको हो ।

गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालित सडक निर्माणमा भएको ढिलाईले यात्रुलाई सास्ती भएको थियो । ठेकेदार कम्पनी विरुवा–क्याराभानका आधिकारिक प्रतिनिधी सोमनाथ थकालीले रणवाङमा नाली र पर्खाल निर्माणको काम तिब्र गतिका साथ भैरहेको बताउनुभयो ।

Shreekrishna

“बर्खा, चुनाव, नदीजन्य निर्माण सामग्रीको अभावले नियमित काम गर्न समस्या भयो,” उहाँले भन्नुभयो “८ किलोमिटर मध्य लाम्पाटा देखि तोलावाङ सम्मको करिब चार किलोमिटर सडक चालु आर्थिक वर्षभित्रनै कालोपत्रे गर्ने लक्ष्य सहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री जुटाएका छौ ।”

मंगला गाउँपालिकाको लाम्पाटा देखि मालिकाको केन्द्र दरबाङ सम्मको ८ किलोमिटर सडक कालोपत्रे गर्न वि.स. २०७६ जेठ ३१ गते विरुवा–क्याराभान जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु. २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको थियो ।

Gunasthariya Shiksya

२०७८ जेठ महिनामा सकिनुपर्ने सडक निर्माणको भौतिक प्रगति ५५ प्रतिशत छ । आगामी २०८० असार महिनासम्म म्याद थपिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो ।

“जमानी बसेको बैंकलाई पत्राचार गरेर जमानत जफत र कारबाहीको प्रक्रिया थालेपछि बल्ला काममा आएका छन्,” उहाँले भन्नुभयो “पर्याप्त मजदुर, उपकरण परिचालन गरेर सडक निर्माणलाई तिब्रता दिन ताकेता गरेका छौ ।”

सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । ताकेता र दवावपछि दश महिनादेखि रोकिएको काम सूचारु भएपछि अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने आशा गरेको मंगला गाउँपालिका–२ रणवाङका श्रीराम पौडेलले बताउनुभयो ।

स्थानीयबासीले पूर्वाधार विकास कार्यालय, जिल्ला प्रशासन, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जाली, प्रदेश सांसद हरिबहादुर भण्डारी, बिमला गौचन मार्फत दवाव दिएका थिए ।

मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यो सडक वि.स. २०६३ मा मार्ग खुलेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...