खबरामा केरा पकेट कार्यक्रम शुरु

khali

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम शुरु भएको छ ।

व्यवसायिक केरा खेति विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले बेनी नगरपालिकाको कृषि शाखाले खबराको राधाकृष्ण कृषि सहकारी संस्था मार्फत कार्यक्रम सञ्चालन गरेको हो ।

१२० घरधुरी कृषकलाई आवद्ध गराएर समूह मार्फत खबरामा केरा पकेट सञ्चालन गरिएको सहकारीका अध्यक्ष सोवित शर्माले जानकारी दिनुभयो । कार्यक्रम अन्तरगत शनिबारदेखि खबरामा शुरु भएको ६ दिने केरा खेती सम्बन्धी तालिमको नगर उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो ।

Shreekrishna hardwear in news

“कृषकहरुलाई ज्ञान, सिप र प्रविधिमा सहयोग गरी व्यवसायिक केरा खेति विस्तार गर्ने कार्यक्रमको उद्देश्य हो,” उहाँले भन्नुभयो “कृषकहरुलाई बिरुवा, बगैचा व्यवस्थापन, प्राविधिक ज्ञान सिप, नयाँ जातको अध्ययन र बजारीकरणमा पचास प्रतिशत अनुदानको सुविधा छ ।”

khali

खबरामा परम्परागत हिसाबले गरिदै आएको केराखेतीलाई व्यवसायिक बनाएर कृषकहरुको आयआर्जन वृद्धि र केरा आयात घटाउने नगरपालिकाको लक्ष्य रहेको उपप्रमुख लामिछानेले बताउनुभयो ।

पकेट कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु. १२ लाख बजेट बिनियोजन गरेको वडा अध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । कृषकहरुले थप रु. १२ लाख लागत साझेदारी गर्ने समुह र नगरपालिकाको सम्झौता भएको छ ।

तालिमका साथै १०० रोपनी क्षेत्रफलमा ६ हजार नयाँ केराका बिरुवा रोप्ने, बगैचा व्यवस्थापन, सामग्री, उपकरण सहयोग र नयाँ जातको केरा खेतीको अध्ययन गरिने नगरपालिकाको कृषि अधिकृत आकृति ढुंगानाले बताउनुभयो ।

खबराका कृषकले पाखोबारी, खोल्सा, कान्ला, डिल र खेत केराको घारीले भरिएको छ । धान, गहुँ, मकै र कोदो लगायत खाद्यबालीको विकल्पमा केरा लगाएका छन् । पकेट कार्यक्रमबाट केरा खेती विस्तार र कृषकको आयआर्जन वृद्धिमा सहयोग पुग्ने कृषक सम्राट सापकोटाले बताउनुभयो ।

उपयुक्त हावापानी, भूगोल र बजार नजिक भएका कारण खबरामा केराखेतीको सम्भावना रहेको तालिमका सहजकर्ता रामलाल श्रेष्ठले बताउनुभयो । खबरामा म्याग्दी जिल्लामै सबैभन्दा धेरै केरा खेती हुन्छ । वि.स. २०५८ मा मानबहादुर थापाले काठमाडौबाट खबरामा हजारी जातको केरा भित्र्याउनु भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...