मोना कतारको नयाँ नेतृत्व चयन

Gandaki Pardesh notice

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको ११ औ अधिवेशनबाट राजु पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा बाबुराम भण्डारी, प्रथम उपाध्यक्षमा हेम बानिया, महासचिवमा भूमिश्वर सापकोटा, सचिवमा गृहप्रसाद शर्मा, कोषाध्यक्षमा सुमन घर्तिमगर र सहकोषाध्यक्षममा याममया रोका चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

महिला संयोजकमा टिकामया रोका, महिला उपसंयोजकमा खुमा पुन, बेनी नगरपालिका संयोजकमा कमल खत्री, अन्नपूर्ण गाउँपालिका संयोजक कृष्ण खड्का (शिव) र रघुगंगा गाउँपालिका संयोजकमा नरेन्द्रकुमार दर्जी चयन भएको मोना कतारले जनाएको छ ।

Shreekrishna hardwear in news

सदस्यहरुमा कमल परियार, रामबहादुर बिक, गंगाधर कडेल, टेकनाथ सुवेदी, बमबहादुर थापा, बिरबहादुर सुनार, रिपोट खत्री, रोशन पौडेल, भुपेन्द्रबहादुर पुर्जा, रुकुम बहादुर बिक र बिष्णु खत्री रहनुभएको मोना कतारका पुर्व अध्यक्ष प्रेम बराइलीले बताउनुभयो ।

सन २०२३ देखि २०२५ को कार्यकालको लागि कार्यसमिति चयन भएको हो । रोजगारी र पेशा व्यवसायको शिलशिलामा कतारमा रहेका म्याग्देलीहरु आवद्ध संस्था मार्फत जिल्लाको विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रका साथै कतारमा समस्यामा परेका म्याग्देलीहरुलाई सहयोग गर्दै आएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...