देविस्थानमा भिआइए जाँच शिविर

Sinchai Khanipani notice

देविस्थान, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा अब्टेट्रिक, फिस्टुला र पाठेघरको मुखको क्यान्सरका बिरामी पहिचान गर्न स्कृनिङ तथा भिआइए जाँच शिविर सम्पन्न भएको छ ।
मालिका गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा १५१ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । शिबिरमा ४ जनाको रियाक्टिभ भएको, ४५ जनामा पि.आइ.डी र ५ जनामा पाठेघर आफ्नो ठाउँ भन्दा तल झरेको कारणले रिङ प्रेसरी राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तु कार्कीले जानकारी दिनुभयो ।
दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक बिजय शर्मा , स्वास्थ्य संयोजक कार्की, स्टाफनर्स एलिना पुर्जा र देविस्थान स्वास्थ्य चौकीका सपना रानामगर लगायत स्वास्थ्यकर्मीहरुले सेवा दिनुभएको थियो । पाठेघरको मुखको क्यान्सरको जटिल अवस्था आउन नदिन, समयमै समस्या पहिचान गरि उपचारको व्यवस्था मिलाउन र सचेतना फैलाउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।
शिविरमा गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मिदेवी घर्ति पुन लगायत जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...