कृषि तथा पशु प्राविधिकलाई अभिमुखीकरण

Gandaki Pardesh notice

बेनी, । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा जिल्लास्तरका कृषि तथा पशु सेवाका प्राविधिकलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ। जिल्लाभित्रका स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा शाखाका प्राविधिकहरुलाई कृषि र पशु सम्वन्धीबारे प्राविधिक ज्ञान उपलब्ध गराउन शुक्रबार केन्द्रको सभाहलमा अभिमुखीकरण कार्यक्रम गरिएको हो।
कृषि अनुसन्धान निर्देशानलय लुम्लेका कार्यरत डाक्टर काशीनाथ चिलुवालले कृषि र पशुको अनुसन्धानमा भईरहेका गतिविधिहरु र प्राविधिक ज्ञानहरुबारे जानकारी गराउनुभएको थियो ।

Bhautik ministry notice about road


त्यस्तै कृषि ज्ञान केन्द्र म्याग्दीका केन्द्र प्रमुख किरण सिग्देलले चालु आर्थिक बर्षमा केन्द्रका स्वीकृत बार्षिक कार्यक्रम र कार्यान्वयनको अवस्थाबारे जानकारी गराउनुभएको थियो । उहाँहरुले कृषकहरुको सहजताका लागि प्राविधिकको महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पशु चिकित्सक जीवनप्रसाद आचार्यले यस तालिमबाट प्राप्त ज्ञानलाई पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसंग समन्वय गरेर काम गर्न प्राविधिकहरुलाई आग्रह गर्नुभएको थियो । कृषि तथा पशु सेवा प्राविधिकहरुको अभिमुखीकरण कार्यक्रमको संचालन बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...