कृषि ज्ञान केन्द्र म्याग्दीबाट अनुदान पाउने कृषि फार्म, सहकारी र समुह छनौट

Add Samajik bikash office

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७९÷८० मा रु. डेढ करोड भन्दा बढी अनुदान वितरण गर्न फार्म, समूह र सहकारी छनौट गरेको छ ।

रु. एक करोड ५१ लख बजेट विनियोजन भएको १० वटा अनुदानका कार्यक्रममा छनौट भएका कृषि फार्म, सहकारी र समूहसँग सम्झौता थालिएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख किरन सिग्देलले ९२ वटा वटा कृषि फार्म, सहकारी र समूह अनुदानका कार्यक्रममा छनौट भएका जानकारी दिनुभयो ।

“सार्वजनिक सूचना आव्हान गरेर संकलन भएका आवेदनको स्थलगत मूल्याङ्कन गरि मापदण्डमा पर्नेलाई छनौट गरिएको हो,” उहाँले भन्नुभयो “छनौट भएकाहरुलाई सम्झौता गर्न बोलाएका छौ ।”

Shreekrishna hardwear in news

रु. ३० लाख वजेट विनियोजन भएको साना सिचाई कार्यक्रम मार्फत १५ वटा फर्म, सहकारी र समूहले सिचाई नहर, पाइप खरिद जडान र टंकी निर्माण गर्न कुल लागतको ९० प्रतिशत अनुदान पाउने भएका छन् । साना सिचाई कार्यक्रमका लागि २२ वटा आवेदन परेको थियो ।

केन्द्रका बाली संरक्षण अधिकृत सञ्जिव बास्तोलाले रु. २५ लाख बजेट बिनियोजन भएको आलु खेती प्रर्वदन कार्यक्रमका लागि १८ वटा आवेदन परेकोमा छनौट भएका १० वटा समूहले प्रस्ताव गरेका कार्यक्रम गर्न कुल लागतको पचास प्रतिशत अनुदान पाउने बताउनुभयो ।

Bhautik ministry notice about road

रु. साठी लाख बजेट बिनियोजन भएको साना व्यवसायिक कृषि फार्म कार्यक्रममा ९८ वटा आवेदन परेकोमा ३० वटाले कुल लागतको पचास प्रतिशतका दरले अधिकतम रु. दुई लाख सम्म अनुदान पाउने भएका छन् ।

रु. पाँच लाख बजेट भएको बाँझो जग्गामा प्रोत्साहन कार्यक्रममा आवेदन पेश गरेका सबै १३ वटै फार्मले प्रतिरोपनी रु. ५ हजारका दरले अनुदान पाउनेछन् । कलस्टरमा रैथाने बाली कार्यक्रमका लागि सात वटाको आवेदन परेकोमा पाँच वटा छनौट भएका छन् । पचास प्रतिशतका दरले अनुदान दिइने यो कार्यक्रममा रु. पाँच लाख बजेट छ ।

आलु, दलहन, तेलहन र तरकारीको जिल्ला स्तरमा विउविजन आत्मनिर्भर कार्यक्रम मार्फत दुई वटा फार्मले रु. तीन लाख अनुदान पाउनेछन् । रु. दश लाख बजेट भएको विशेष बाली प्रर्वद्धन कार्यक्रम मार्फत ६ वटा फार्म छानिएका छन् । ९० प्रतिशत अनुदान रहेको यो कार्यक्रममा १० वटा आवेदन परेको थियो ।

रु. तीन लाख बजेट भएको क्षेत्रफलको आधारमा तरकारी उत्पादन प्रोत्साहन कार्यक्रमका लागि ८ वटा फर्म छानिएका छन् । पलास्टिक घरमा प्रति १०० बर्गमिटर र खाली जग्गामा प्रतिरोपनी रु. तीन हजारका दरले अनुदान पाउनेछन् । यो कार्यक्रममा ९ वटा आवेदन परेको थियो ।

मसला प्रर्वद्धन कार्यक्रममा छनौट भएका २ वटा फार्मले अदुवा, अलैची, बेसार, प्याज, लसुन खेतीका लागि रु. पाँच लाख अनुदान पाउने भएका छन् । फलफुल, तरकारी तथा नगदेवालीको बिरुवा नर्सरीको कार्यक्रममा ४ वटा आवेदन परेकोमा छनौट भएको एक वटा फार्मले रु. पाँच लाख अनुदान पाउने कृषि ज्ञान केन्द्रका प्राबिधिक श्यामशरण कुर्मीले बताउनुभयो । केन्द्र अन्तरगतका अन्य कार्यक्रममा अनुदानका आवेदन पेश गरेकाहरुको पनि स्थलगत निरिक्षण र मूल्याङ्कनको काम भैरहेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...