जलजलामा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा लोक गित प्रतियोगिता

Sinchai Khanipani notice

लामाखेत, । जलजला गाउँपालिकाको आयोजनामा बुधबार विभिन्न कार्यक्रम गरेर ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनाएको छ ।
‘लैङ्गिक समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पुहँच विस्तार’ भन्ने मूल नाराका साथ गाउँपालिकाको केन्द्र लामाखेतमा लोक गित र म्युजिकल चियर प्रतियोगिता आयोजना गरिएको थियो ।
लोक गित प्रतियोगितामा जलजला–५ को पञ्चमुल आमा समूह प्रथम, जलजला–४ कको नवभगवति आमा समूह दृतीय, जलजला–७ को महिला सुधार आमा समूह तृतीय र जलजला–७ कै लक्ष्य सफल आमा समूह सान्तवना भए ।


महिला अधिकार विषयमा ९ समुहका सहभागिता रहेको प्रतियोगितामा प्रथम, दृतीय, तृतीयलाई क्रमश रु. १३ हजार ३३३, रु. दश हजार, रु. छ हजार ६६६ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
म्युजिकल चियर प्रतियोगितामा रन्जिता परियार प्रथम, सिता सुवेदी दृतीय र यसोदा आचार्य तृतीय हुनुभयो । उहाँहरुलाई क्रमश रु. तीन हजार पाँच सय, दुई हजार पाँच सय, एक हजार पाँच सय सहित प्रदान गरिएको थियो । कार्यक्रममा गाउँपालिकामा कार्यरत महिला कर्मचारीहरुले पनि गित र नृत्य प्रस्तुत गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road


गाउँपालिकाका कर्मचारी माया भुषाल सुवेदीको अध्यक्षता, देवी रिलाजको स्वागत र बिन्दु शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले उद््घाटनका साथै विजयीलाई पुरस्कार वितरण गर्नुभयो ।
उपाध्यक्ष आचार्यले महिलाहरुको राजनीतिक, सामाजिक, आर्थिक शसक्तिकरणसँगै प्रविधिमा पहुँच विस्तारमा जोड दिनुभयो । गाउँपालिकाले लैङ्गिक समानताका लागि महिलाहरुको क्षमता, नेतृत्व र आर्थिक शसक्तिकरणमा प्राथमिकता दिएको बताउदै अधिकारको प्रयोग गर्न अग्रसर हुन आग्रह गर्नुभयो ।


कार्यक्रममा अनेमसंघका अनिता रेग्मी, नेपाल महिला संघका क्षेत्रीय प्रतिनिधी लक्ष्मी हमाल आचार्य, अनेमसंघ क्रान्तिकारीका सिता मल्ल, म्याग्दी बहुमुखी क्याम्पसका उपप्राध्यापक रेखाकौशल रेग्मीले संविधान र कानुन अनुसार महिलालाई समान व्यवहार हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कार्यपालिकाका सदस्य भिमसेन बराइली, सदस्य बिमला केसी, सुनिता केसी, सामाजिक शाखा प्रमुख भेषनाथ आचार्य लगायतको पनि आतिथ्यता रहेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...