बेनपाले अन्तराष्ट्रिय महिला दिवस मनायो

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिकाले बुधबार ११३ औं अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
जिसस सभाहलमा ‘लैङ्गिक समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पुहँच विस्तार’ भन्ने मूल राष्ट्रिय नाराका साथ गरिएको कार्यक्रमको उद्घाटन नगरप्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो ।
दिवसको अवसरमा सरोकारवालाहरुसंग राखिएको अन्तरक्रिया कार्यक्रमा महिला दिवसको नारासंग सम्वन्धी रहेर नेपाल कम्युनिष्ट पाटीकी नेतृ उषा धर्तीमगर र हेमकुमारी पुनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Bhautik ministry notice about road


नगरकी उमपेयर ज्योती लामिछानेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा मेयर सुरत केसीले महिला अधिकार सुनिश्चत गर्न नगर प्रतिवद्ध रहेको बताउनुभयो । प्रहरी नायव उपरिक्षक मदन कुँवरले जिल्लामा महिला हिंसाको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नगर प्रवक्ता एवम् वडानम्वर ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ र गैसस महासंघ म्याग्दी अध्यक्ष दिपक पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Shreekrishna hardwear in news


सामाजिक विकास संयोजक एवम् बेनी नगरपालिका– ९का वडा अध्यक्ष चक्र केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सहायक महिला विकास निरिक्षक प्रतिमा देवी शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न कार्यालय र संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थित रहेको थियो । अन्तर्राष्ट्रिय महिला दिवस विश्वभरका महिलाहरूको हक, हित र अधिकार प्राप्त गरेको दिनको रूपमा मार्च ८ लाई मनाउदै आएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...