बेगखोलामा पुल नबन्दा सास्ती (भिडियो सहित )

Gandaki Pardesh notice

बेगखोला । भदौ २९ गते सुत्केरी बेथाले च्यापेपछि बेनी अस्पताल हिडेकी म्याग्दीको अन्नपूर्ण–१ दोवाकी कुमारी शेरचनले ३० गते राती बाटोमै सुत्केरी हुनुभयो । दोवाबाट कुमारी चढेर आएको जिप रघुगंगा–१ बेगखोलामा बाढी आएपछि तर्न नसकेर दुई दिन बाटोमै रोकएपछि असुरक्षित रुपमा सुत्केरी हुनुपरेको हो ।

‘कुमारीले अस्पताल पुग्न नपाई कालीओडार भन्ने ठाउँमा बास बसेकै घरमा बच्चा जन्माएपछि बाटैबाट गाउँ फर्किएछन,’ दोवाका वडा अध्यक्ष दिलिप गर्बुजाले भन्नुभयो ‘३० गते सर्पले टोकेर घाइते भएका दोवाकै दलबहादुर गर्बुजालाई बेनी अस्पताल जाने क्रममा डोजरको बकेटमा राखेर बेगखोला तारिएको थियो ।’

राष्ट्रिय गौरबको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडकको बेगखोलामा मोटरेबल र झोलुङ्गे पुल नहुँदा दुख पाएका नागरिकका उदाहरणका पात्र मात्र हुन् दोवाका कुमारी र दलबहादुर ।

Shreekrishna hardwear in news

२०७३ भदौ १७ गतेको रातीको बाढीले बेलिब्रिज र झोलुङ्गे पुल सहित बेगखोलामा ११ वटा घर बगाएको थियो । बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुङ्गे पुल पुननिर्माण नहुँदा हरेक बर्खा याममा बेनी–जोमसोम यात्रा गर्ने नागरिकले जोखिम, सास्ति र झञ्जट ब्यहोर्नुपरेको छ ।

भदौ २७ गते नारच्याङ जाने क्रममा बेनीका खगेन्द्र भण्डारीले बेगखोलामा मोटरसाइकल ट्याक्टरमाथि चढाएर तार्नका लागि एक हजार रुपैयाँ तिर्नुभयो । ‘उर्लेर आएको बाढीमा मोटरसाइकल तार्न सकिएन्,’ उहाले भन्नुभयो ‘एक हजार रुपैयाँ दिएपछि ट्याक्टर माथि मोटरसाइकल चढाएर तारिदिए ।’

कार्यालयको काम बिशेषले सदरमुकाम बेनी आएर फर्कने क्रममा टिकोट माविका प्रअ प्रदिप पुन बाढीका कारण एक रात बेगखोलामै बास बस्नुपरेको बताउनुहुन्छ । कालीगण्डकीमा मिसिने बेगखोलामा लेकमा बर्खा हुँदा बाढी आउँछ । पाखा र ठाडा खोल्साको बाढी पनि यसैमा मिसिन्छ ।

बेगखोला र कालीगण्डकीको दोभानमा खोला वारपार गर्ने घाट छ । बेगखोलाको बाढीले खोला तर्ने क्रममा केही ट्याक्सी र मोटरसाइकल बगाएर कालीगण्डकीमा मिसाएको छ । झोलङ्गे पुल पनि छैन् ।

Bhautik ministry notice about road

यसैगरी बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण –३ दाना स्थित रुप्सेखोलामा साउन ५ गतेको बाढीले चालु र निर्माणाधिन मोटरेबल पुल बगाएको थियो ।

बेग र रुप्सेखोला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको टाउको दुखाइको बिषय बनेका छन् । ७६ किलोमिटर दुरीको यो सडक बर्खा याममा बेग र रुप्सेखोलामा दैनिकजसो अवरुद्ध गराउने अन्नपूर्ण–६ पोखरेबगरका खड्ग गिरीले बताउनुभयो ।

‘रघुगंगा, अन्नपूर्ण गाँउपालिका र मुस्ताङका नागरिकलाई आवत जावत गर्न गाडी परिवर्तन गर्नुपर्ने झञ्जट र सास्तिका साथै जोखिम भएको छ,’ उहाले भन्नुभयो ‘मुस्ताङमा उत्पादीत स्याउ, आलु लगायत कृषि उपज निकासी, दैनिक उपभोग्य सामान ढुवानी र बिरामीलाई अस्पताल पु¥याउन सकिएको छैन् ।’ मोटरेबल पुल नबन्दा सम्मका लागि झोलुङ्गे पुल बनाउनुपर्ने गिरीले बताउनुभयो ।

४५ दिनपछि गत भदौ ९ गते सञ्चालनमा आएको बेनी–जोमसोम सडक रुप्सेको पहिरोका कारण भदौ २९ गतेदेखि अवरुद्ध छ । जलेश्वर, राहुघाट, महभिर, जलथले, गुइठे, खामभित्ता, दुवारी, काभ्रे र घोप्टेभिरको पहिरोले पनि बेनी–जोमसोम सडकमा आवत जावत प्रभाबित बनाएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।

‘रुप्सेमा काठको अस्थाई पुल (साँघु) बनाएर पैदलयात्री वारपार गर्न सक्ने बनाइएको छ,’ उहाले भन्नुभयो ‘दिनभरी बनाउने राती हुने बर्षाले आउने पहिरो र बाढीले बगाउने गर्छ ।’ सडक आयोजनामा परिचालित ठेकेदार कम्पनीका डोजरले ढकेलेर बेगखोलामा ठूला गाडीलाई डोजरले ढकेलेर वारपार गराएको ओमकारेश्वर निर्माण कम्पनीका डोजर अपरेटर राजु नेपालले बताउनुभयो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले सडक बिभाग अन्तरगतको पुल महाशाखाले बेगखोलामा मोटरेबल पुल बनाउन ठेक्का आव्हान गरिसकेको बताउनुभयो । ‘आयोजनाको क्षेत्र भएपनि बिभागलेनै पुल बनाउन ठेक्का प्रक्रिया अघि बढाएको छ,’ उहाले भन्नुभयो ‘बिभाग मार्फतनै महभिर र पोखरेबगरमा दुई वटा पुल निर्माणको क्रममा छन् ।’

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले झोलुङ्गे पुल निर्माणका लागि प्रदेश सरकारलाई सिफारिस भैसकेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...