मल्कवाङ स्वास्थ्य चौकीको भवन निर्माण

Sinchai Khanipani notice

बेनी, । धवलागिरि गाउँपालिका–५ मल्कबाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । पाँच वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाएसंगै जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ ।
वल्ड वाइड मालीका भगवती जेभीले विसं २०७४ मंसिर २७ गते १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी भ्याट बाहेक रु. एक करोड ९० लाखमा स्वास्थ्यचौकी भवन निर्माण गर्ने ठेक्का सम्झौता गरेको थियो ।
भौगोलिक विकटता, कोरोना महामारी, निर्माण सामाग्री ढुवानीमा भएको समस्या लगायतका कारण निर्धारित समय भन्दा ढिला गरी भवन निर्माण भएको सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले जनाएको छ ।
भवन निर्माण कार्य सम्पन्न भएपछि स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडा अध्यक्ष अमर छन्त्याल र स्वास्थ्यचौकी प्रमुख जगदेवी छन्त्याललाई भवन हस्तान्तरण गरिएको कार्यालयका इन्जिनियर योगेन्द्र बास्ताकोटीले जानकारी दिनुभयो ।


उहाँका अनुसार, निर्माणधिन भवन परिसरमा निर्माण गर्न थालिएको खेलमैदानदेखि गएको पहिरोले स्वास्थ्यचौकी भवन जोखिममा परेपछि पक्की पर्खाल र ग्याविन जाली लगाएर संरक्षणको काम गरिएको छ ।
अन्तिम पटक गत पुस मसान्त सम्मका लागि थप भएको समय सिमाभित्र निर्माण व्यवसायीले भवन निर्माण सम्पन्न गरेपछि कार्यालयको तर्फबाट नाँपजाँच गरीएको थियो । नवनिर्मित दुई तलाको १३ कोठे भवनमा बिरामीको उपचारका लागि शैया, औषधि भण्डारण, कर्मचारी आवास, प्रशासन, तालिम हलका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था रहेको निर्माण कम्पनीका प्रतिनिधि विजय भट्टचनले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road


भवनको रङगरोगन गर्ने, फर्निचर, विद्युत्, पानी जडान, पर्खाल र घेराबार लगायतका काम सम्पन्न भएपछि नवनिर्मित भवनबाटै स्वास्थ्यचौकीको सेवा प्रवाह गर्ने तयारी गरिएको स्वास्थ्य चौकीका प्रमुख छन्त्यालले बताउनुभयो ।
यस स्वास्थ्य चौकीबाट करिब दुई सय ५० घरधुरीले स्वास्थ्य उपचार सेवा लिँदै आएका छन् । वडा नम्बर ५ को मल्कबाङसंगै मलम्पार र भेडीखाल्टाका स्थानीयबासीले यस स्वास्थ्यचौकीबाट उपचार सेवा लिने गर्छन् । भवन निर्माणले दुर्गम बस्तीको रुपमा चिनिएको मल्कबाङको स्वास्थ्य सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन सहयोग पुग्ने वडा अध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।


“पूर्वाधार अभावमा जिर्ण कच्ची भवनबाट स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता थियो,साँघुरो कोठाबाट सेवा लिदाँ सेवासमेत प्रभावित बनेको थियो, अब नवनिर्मित भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राहीलाई समेत सहज रुपमा स्वास्थ्य उपचार सेवा लिने सुविधा हुने अपेक्षा गरेका छौँ’’–स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष छन्त्यालले भन्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...