धवलागिरीका जनप्रतिनिधि र कर्मचारीले छात्रावासका विद्यार्थीसंग फागु पुर्णिमा मनाए

Gandaki Pardesh notice

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले सोमबार छात्रावासका विद्यार्थीहरुसँग होली खेलेर फागु पुर्णिमा पर्व मनाएका छन् ।
शिवाङमा रहेको हेम नमुना आवासीय माविको छात्रावासमा बस्दै आएका विद्यार्थीहरुसँग रंग खेलेर र शुभकामना आदानप्रदान गरेर फागु पुर्णिमा मनाएका हुन् । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारीहरु फागु पुर्णिमा मनाउन छात्रावासमा पुग्नुभएको थियो ।
पारिवारिक भेटघाट र खुसी साटासाट गरेर मनाइने फागु पुर्णिमा पर्व छात्रावासका विद्यार्थीहरुलाई निरस नहोस भनेर त्यहाँ गएको गाउँपालिकाको लेखा शाखाका प्रमुख तिलक पौडेलले बताउनुभयो । हेम माविमा वि.स. २०७७ देखि सञ्चालन भएको आवासीय विद्यालयमा भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा घर भएका करिब ३० जना बालबालिकाहरु छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...