फागु पुर्णिमा भब्यताका साथ मनाइयो

Gandaki Pardesh notice

बेनी, । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व सोमबार म्याग्दी लगायत हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।
म्याग्दी, मुस्ताङ लगायत देशका विभिन्न ठाउँमा बसोबास गर्ने थकाली समुदायले फागु पुर्णिमालाई तोरन ल्ह पर्वको रुपमा मनाउने गर्दछन् ।
जिल्ला सदरमुकाम बेनी बजार देखि ग्रामिण क्षेत्रमा केटाकेटी, प्रौद्ध र पाकाहरुले आ आफ्नो समुह बनाएर एक आपसमा रंग दलेर खुसी साटासाट गरेका थिए । फागु पुर्णिमाको अवसरमा कालरात्री ब्याडले बेनीको खुल्ला मञ्चमा सांगितिक कार्यक्रम आयोजना गरेको थियो ।

Bhautik ministry notice about road


नेशन पुन, सम्बोज मल्ल लगायत कलाकारहरुले गित प्रस्तुत गर्नुभएको थियो । युवा युवतिहरु गितसँगै नाचेर रमाइलो गरेका थिए ।
परापुर्व कालमा शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...