५ वषकी बालिकाले गाएको ‘यसपाली दशैंमा’ गीत सार्वजनिक (भिडियो सहित)

khali

बेनी, । ५ वर्षकी बालिकाले गाएको र म्याग्देली कलाकार सुनिल बानियाँको अभिनय रहेको ‘यसपाली दशैंमा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । समाजमा रहेको जातिय विवेदका विरुद्ध जनचेतनामुलक सन्देश दिने खालको विषयवस्तुलाई गीतमा समेटिएको छ ।

अन्तरजातिय बिबाहबाट सफल भएका एक दम्पत्तिको सफल कथामा आधारित रहेर म्यूजिक भिडियो तयार पारिएको कलाकार बानियाँले बताउनुभयो । भिडियोमा बानियाको साथमा श्रद्धा क्षेत्रि र प्रियंका विश्वकर्माको पनि अभिनय छ ।

khali

बेनी सामुदायिक विद्यालयका शिक्षक समेत रहेका बानियाँ पछिल्लो समय गीत संगीतमा पनि उदायमान कलाकारका रुपमा पहिचान बनाएका छन् ।एक दर्जन भन्दा बढी म्यूजिक भिडियोमा बानियाँले अभिनय गरिसकेका छन् ।

Shreekrishna hardwear in news

भुपेन बानियाँको निर्देशनमा तयार पारिएको गीतिमा बाल गायिका सुदिक्षा सुनार,बलबहादुर परियार र नानु परियारले स्वर दिनुभएको गीतको शब्द लय बलबहादुर परियारको छ । ५ वर्षकी सुदिक्षा कुश्माकी हुन् । क्रियटिभ मिडियाको युट्युब च्यानलबाट शुक्रबार गितको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...