बनौबासीलाई लामाखेत पुग्न घुमाउरो बाटो यात्रा गर्नुपर्ने बाध्यता हट्ने

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिका–८ लस्ति देखि वडा नम्बर ९ को बनौ जोड्ने सडकको मार्ग खुलेको छ ।

चार वर्षको प्रयासमा सल्लेनीको सर्पको गुड भन्ने भिरमा मार्ग खोल्ने काम यसपाली सकिएको हो । जलजला–९ बनौका वडा अध्यक्ष गौबहादुर पुनले सर्पको गुड भिरमा मार्ग खुलेसँगै बनौ र लस्ति सिधा सडक सञ्जालमा जोडिएको जानकारी दिनुभयो ।

“मार्ग खुलेको सडकमा यातायात सञ्चालन योग्य बनाउन ग्रेड, घुम्ति सुधार र मर्मत भैरहेको छ,” उहाँले भन्नुभयो “धेरे वर्ष बजेट बिनियोजन भएपनि काम गर्न नसकेर फ्रिज भयो । यसपाली उपभोक्ता समिति मार्फत मार्ग खोल्न सफल भइयो ।”

Shreekrishna hardwear in news

यो सडक निर्माण भएसँगै बनौका बासिन्दालाई गाउँपालिकाको केन्द्र लामाखेत जान आउन यात्राअवधि र दुरी घट्ने भएको छ । बनौ देखि पाङ–अर्मादी–मालढुङ्गा–लामाखेत पुग्न दुई घण्टा लाग्ने गरेको थियो । यो सडक करिब ४० किलोमिटर घुमाउरो थियो ।

४५ मिनेटमा बनौ देखि लस्ती हुदै लामाखेत पुग्न सकिन्छ । यो सडकको दुरी २० किलोमिटर मात्र छ । दुरी आधा र यात्रा अवधी करिब दुई तिहाई छोटिने भएको छ । घुमाउरो सडकको यात्रा गर्नुपर्दा बनौ बासीलाई लामाखेत आउन जान झञ्जट, सास्ती भएको थियो ।

Bhautik ministry notice about road

बनौमा ५०० घरधुरीको बसोबास छ । धाइरीङको सल्ले, एकपाटे, खानीगाउँका बासिन्दा पनि लाभान्वित भएका छन् ।आर्थिक, ब्यापारिक हिसाबले पर्वतको सदरमुकाम कुश्मा नजिक भएपछि पालिकासँग सम्बन्धित प्रशासनिक र विकास निर्माणका कामको लागि बनौबासी लामाखेत पुग्नुपर्छ ।

घुमाउरो सडकका कारण पालिकाको केन्द्र पुग्न अपायक भएपछि वि.स. २०७५ देखि लस्ति–बनौ सडक निर्माण शुरु भएको थियो । यो सडकमा संघीय सरकारबाट दुई चरणमा रु. एक करोड ३० लाख बिनियोजन भएपनि भौगोलिक कठिनाई र जोखिम भएकाले निर्माण व्यवसायीले काम गर्न नसकेपछि सबै बजेट खर्च हुन सकेन् ।

सर्पको गुड भिरमा मार्ग खोल्न गत वर्ष जलजला गाउँपालिकाले रु. २५ लाख बिनियोजन गरेर ठेक्का आव्हान गरिसकेको थियो । अक्करे र जोखिमयुक्त पहाडमा सडक निर्माणका लागि निर्माण व्यवसायी तयार नभएपछि ठेक्का रद्द भएको थियो । यसपाली गण्डकी प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय मार्फत रु. ३० लाख बजेट बिनियोजन भएको थियो ।

उपभोक्ता समितिका अध्यक्ष दुलबहादुर पुर्जाका अनुसार ५÷६ जना डोजर अपरेटरलाई देखाउँदा जोखिम भएको भन्दै काम गर्न मानेनन् । डोजर अपरेटर माधव रेग्मीले ओडार परेको भिरमा काम गर्ने आँट गर्नुभयो । जोखिम मोलेर संयमतापुर्व डोजर चलाएर मार्ग खोल्न सफल पनि हुनुभयो । सडकको अन्य खण्डमा मार्ग खुलेपनि सर्पको गुड भिरमा चार वर्षदेखि रोकिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...