मल्लाजको कुलडाडामा सडक ढलान

Sinchai Khanipani notice

मल्लाज, । पर्वतको जलजला गाउँपालिका–४ मल्लाजको कुलडाडामा सडक ढलान गरिएको छ ।

गण्डकी प्रदेश सरकार अन्तरगत पूर्वाधार विकास कार्यालय पर्वतको अनुदान सहयोगमा सडक ढलान र स्तरोन्नति गरिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष जनक अधिकारीले ४९ मिटर उकालो बाटोमा ६ मिटरका दरले आरसिसी ढलान, नालीको साथमो सडकको डिल र कुनातर्फ मेसिनरी पर्खाल निर्माण गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालय मार्फत चालु आर्थिक वर्षमा रु. १५ लाख बजेट बिनियोजन भएको थियो । लक्ष्य अघिनै सडक ढलान र स्तरोन्नतिको काम सकिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

उकालोमा सडकको ग्रेड सुधार गरेर सवारी साधन आवत जावत गर्न सहज बनाइएको हो । शनिबार र आइतबार सडक ढलानको काम गरिएको थियो । यो सडक जलजला गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाका बासिन्दाले बेनी आउन जान प्रयोग गर्छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...