दाना काभ्रेको सरस्वती आधारभूत विद्यालयलाई पुर्व शिक्षकको सहयोग

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दुई जना पुर्व शिक्षकले रु. दुई लाख बढी आर्थिक सहयोग गर्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानाका गंगाबहादुर पुर्जा र उहाँकी श्रीमति योमाया पुर्जाले रु. एक लाख ५१ ह्जार १०५ सहयोग गर्नुभएको हो । यसअघि रु. एक लाख सहयोग गर्नुभएका हाल बेलायतमा बसोबास गर्नुहुने गंगाबहादुरका भाई कमलबहादुर पुर्जा र उहाँकी श्रीमती शान्ति पुर्जाले थप रु. पचास हजार उपलब्ध गराउनु भएको छ ।

विदा मनाउने क्रममा नेपाल आउनुभएका पुर्जा परिवारले गत हप्ता काभ्रेमा पुगेर विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकहरुलाई नगद हस्तान्तरण गर्नुभएको थियो । पुर्जा दाजुभाईले बेलायती सेनामा भर्ति हुनुअघि मुस्ताङको सिमानामा रहेको सो विद्यालयमा अध्यापन गराउनुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

शारिरिक रुपमा अपाङ्गता भएका पुर्जाले यसअघि पनि बेलायत सरकारले पेन्सन वापत दिने तलब वापतको रकम म्याग्दीका विभिन्न विद्यालयलाई उपलब्ध गराउनु भएको छ । सन १९८९ मा गोर्खा सैनीकमा भर्ति भएका पुर्जा सन २००६ मा सेवा निवृत भएका थिए । सैनीक सेवामा प्रवेश गरेको ३ वर्षमै ढाडमा समस्या देखिएपछि उनी अहिलेपनि बैशाखीको साहराले हिँडडुल गर्नुहुन्छ ।

रोजगारीको सिलसिलामा बिदेशमा रहँदा बिरामी भएपछि दुखको अनुभव सँगालेका पुर्जाले बेलायतमा पनि प्रवासी नेपालीलाई दुख बिमार हुँदा सहयोग गर्ने उद्देश्यले मद्दत समुह नामको संस्था स्थापना गर्नुभएको छ । शारीरिक रुपमा अशक्त भएपनि पुर्जाले दुखमा परेका नेपालीलाई बेलायतमा सहयोग जुटाउन सक्रिय भुमिका निभाउँदै आउनुभएको छ ।

आफ्नो जन्मगाउँमा शिक्षा, स्वास्थ्य र विकासका लागि सहयोग भित्र्याउन फ्रेण्डली ब्रर्दश दाना सेरोफेरो युके, मोना लगायतका संस्थामा पनि आवद्ध रहेका पुर्जा अध्यक्ष रहेको मद्दत समुह बेलायतलाई त्यहाँको सरकारले क्वीन अवार्डको सम्मान उपलब्ध गराएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...