मालिका गाउँपालिका स्तरीय हाँजिरि जवाफ र चित्रकला प्रतियोगिता

Gandaki Pardesh notice

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका स्तरीय अन्तर माध्यमिक हाँजिरी जवाफ र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

च्युरिबोटमा सम्पन्न अन्तर माध्यमिक विद्यालय तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ मावि प्रथम भएको छ । मालिका गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र सिद्धार्थ माविको व्यवस्थापनमा शुक्रबार प्रतियोगिता प्रतियोगिता सम्पन्न भएको हो ।

जनप्रिय मावि द्धितिय, भिम मावि तृतिय र किसानी मावि सान्तवना भएको शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो । उहाँका अनुुुसार, प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुने विद्यालयले क्रमश ः १० हजार, ७ हजार, ५ हजार र तीन हजार नगद सहित प्रमाणपत्र प्राप्त गरका छन् ।

Shreekrishna hardwear in news

हाजिरी जवाफ प्रतियोगितामा गाउँपालिका भित्रका ११ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । यसैगरी आधारभुत तह स्तरीय चित्रकला प्रतियोगितामा केवी एकेडेमी बोर्डिङ स्कुलका रिजन पुन प्रथम हुनुभएको छ ।

Bhautik ministry notice about road

गौवमबस्त माविकी कन्चन फगामी द्धितिय, किसानी माविकी सोनिया जुग्जाली तृतिय र राष्ट्रिय माविकी टिका पुन सान्त्वना हुनुभएको छ । चित्रकला प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने विद्यार्थीले क्रमश ः ५ हजार, ३५ सय, २५ सय र १५ सय रुपैयाँ सहित प्रमाणपत्र हात पारेका छन् । चित्रकला प्रतियोगितामा १९ जना विद्यार्थीले सहभागीता जनाएका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले शैक्षिक अतिरिक्त क्रियाकलापले विद्यार्थीको प्रतिभा पहिचान संगैे शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने बताउनुभयो । गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउँदै उहाँले सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

शिक्षा अधिकृत रिजालको अध्यक्षता, सिद्धार्थ माविका शिक्षक छकप्रसाद घर्ती र गाउँपालिका लेखा प्रमुख सागर पौडेलले संचालन गर्नुभएको कार्यक्रममा सिद्धार्थ माविका प्रअ ललितबहादुर घर्तीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष भेजेन्द्रमान पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन लगायतले बोल्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष गर्बुजा, शिक्षा अधिकृत रिजाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा शिक्षा प्राविधिक सहायक सुन्दर खत्री र सुचना प्रविधि अधिकृत विजय सुवेदीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...