शिक्षक, विद्यार्थीहरुको नृत्य र वक्तृत्वकला प्रतियोगिता

Add Samajik bikash office

बेनी, । बेनीमा शिक्षक, विद्यार्थीहरुको नृत्य, वक्तृत्वकला र हाँजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीको आयोजनामा शनिबार नृत्य र सामाजिक विकास कार्यालयको आयोजनामा शुक्रबार वक्तृत्वकला प्रतियोगिता भएको हो ।
१० वटा विद्यालय सहभागि शिक्षकहरुको नृत्य प्रतियोगितामा बेनी सामुदायिक मावि प्रथम, शिख माविका हेमा पुर्जा दृतीय र पाउद्धार माविका सरिस्मा तिलिजा तृतीय हुनुभएको छ । १२ विद्यालय सहभागि विद्यार्थीहरुको नृत्य प्रतियोगितामा प्रकाश मावि प्रथम, कालिका मावि तिप्ल्याङ द्धितिय र बाल मन्दिर आधारभूत विद्यालय कालीपुल तृतीय भएका छन् ।

Bhautik ministry notice about road


प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई क्रमश ः नगद रु. ५ हजार, रु. ४ हजार र रु. ३ हजारसहित प्रमाण पत्र प्रदान गरिएको थियो । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा मगर, सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, बेनी नगरपालिका शिक्षा शाखाका जयराम सुबेदी र निर्णायक संयोजक अजयमिलन श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा सहभागी विद्यार्थी र शिक्षक मध्ये छनौट गरेर पोखरामा हुने गण्डकी प्रदेशस्तरीय शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा सहभागी गराइने इकाइका प्रमुख थापा मगरले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news


यसैगरि इकाइले आयोजना गरेको जिल्ला स्तरीय विद्यार्थी वक्तृत्वकला प्रतियोगितामा प्रकाश माविका विद्यार्थी र शिक्षक हाजिरी जवाफ प्रतियोगितामा मुक्तिधाम माविका शिक्षकहरु विजयी भएका छन् ।
वक्तृत्वकलातर्फ जडभरत शालीग्राम गण्डकी संस्कृत मावि गलेश्वर द्धितीय र बेनी सामुदायिक मावि बेनी तृतीय भएका छन् भने हाजिरीजवाफ तर्फ मंगला मावि बावियाचौर द्वितीय र धवलागिरी मावि सिंगा तृतीय भएका छन् ।
वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्नेलाई क्रमशः नगद रु ५ हजार रुपैयाँ ,४ हजार र ३ हजार को साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...