कुहुँमा सार्वजनिक सुनुवाई

Gandaki Pardesh notice

कुहुँ, । मंगला गाउँपालिका–१ कुहुँमा शुक्रवार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
चालु आर्थिक बर्ष २०७९÷०८० मा सञ्चालित विकास निर्माण योजना तथा कार्यक्रम, कार्यालयको सेवा प्रवाह तथा समग्र अवस्थाको बारेमा नागरिकको गुनासा तथा अपेक्षा र प्रतिकृया लिने उदेश्यले गाउँपालिकाले सार्वजनिक सुनुवाईको आयोजना गरेको हो ।

कार्यक्रममा सहभागीहरुले वडा स्तरबाट प्रवाह हुने कृषि र पशु सेवालाई गुणस्तरीय र प्रभाबकारी बनाउन आग्रह गरेका थिए । स्थानीयबासीले स्वास्थ्यको पहुँच विस्तार तथा सेवा सुविधा थप, एक घर एक धारा खानेपानीको आयोजनालाई पूर्णता दिनुपर्ने, समाजमा रहेको छुवाछुतको समस्यालाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने, वडा कार्यालयमा वडा सचिबको व्यवस्था गर्नुपर्ने, बजेट विनियोजन गर्दा समुदायको आवश्यकतालाइृ ध्यानमा राखेर उचित योजना छनौट तथा प्रभाबकारी कार्यान्वयन गर्नुपर्ने, निर्माणधिन खेलमैदान, भवन , सडक लगायतका योजनालाई पूर्णता दिन गाउँपालिकाको ध्यानकर्षण गराएका थिए ।

Shreekrishna hardwear in news

कार्यक्रममा सहभागीहरुको जिज्ञासा मेटाउँदै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले कृषि र पशुपालनबाट गाउँपालिकालाई समृद्ध बनाउनका लागि किसानका समस्यालाई हल गर्न वडा स्तरमा कृषि र पशु प्राविधिकहरु नियुक्त गरिएको बताउनुभयो ।

हरेक बस्तीमा एक खेलमैदान र एकिकृत सामुदायिक भवनको अभियानलाई निरन्तरता दिईएको बताउँदै अध्यक्ष रोकाले स्वास्थ्य चौकीको स्तरवृद्धि, सामुदायिक स्वास्थ्य इकाईको स्थापना र अर्मन स्वास्थ्य चौकी स्तरोन्नती गरि आधारभुत अस्पताल निर्माण मार्फत नागरिकलाई स्वास्थ्य सेवाको पहुँचको प्रत्याभुति दिलाउने गरि गाउँपालिका अघि बढेको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष एकजित रोकाले वडा र वडाभित्र रहेका बिषयगत शाखाको सेवालाई प्रभाबकारी बनाउन, विकास निर्माणलाई गुणस्तरीय र पारदर्शी बनाउन आफु लागिपरेको बताउनुभयो । उहाँले सिमित स्रोत र साधनका कारण जनस्तरमा रहेका विकासका आकांक्षालाई एकैपटक पुरा गर्न सम्भव नभएपनि प्राथमिकता निर्धारण गरेर विकास निर्माणका योजनाहरुलाई अघि बढाइएको बताउनुभयो ।

त्यसैगरि प्रमुख प्रशासकिय अधिकृत पूर्णबहादुर खत्रीले सार्वजनिक सुनुवाईमा जनस्तरबाट प्राप्त गुनासा तथा सुझाबहरुले आगामी दिनमा गाउँपालिकालाई थप उत्कृष्ट सेवा प्रवाह र कार्यसम्पादनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारी जनताको सेवक भएको उल्लेख गर्दै सार्वजनिक सुनुवाईमा उठ्ने सवालहरुले कमिकमजोरी सुधार र उत्कृष्ट कार्यका लागि पृष्ठपोषण प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रममा जनप्रतिनिधिका साथै गाउँपालिकाका शिक्षा शाखाका प्रमुख डेकबहादुर बानियाँ पशु विकास शाखाका प्रमुख विराज ठाकुर, हरिदेब पन्त लगायत विषयगत शाखाका प्रतिनिधिहरु र सम्बन्धित शाखाका प्रमुखहरुले सहभागीहरुले उठाएका प्रश्नहरुका बिषयमा जवाफ दिएर जिज्ञासा मेटाउनुभएको थियो ।

कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष धनबहादुर खाती क्षत्री, वडा नं ४ का वडा अध्यक्ष लालबहादुर रोका लगायतका जनप्रतिनिधि, सरोकारवाला निकायको उपस्थिती थियो । सार्वजनिक सुनुवाईको समापन समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका उप–प्रमुख दिलकुमारी खत्रीले मंगला गाउँपालिकाले कार्य सम्पादनको आधारमा गण्डकी प्रदेशमा प्रथम र समग्र मुलुकभरमा तेस्रो स्थानमा आउन सफल भएको बताउँदै आगामी दिनमा समेत थप उत्कृष्ट सेवा प्रवाह र कार्यसम्पादनमा लाग्न आग्रह गर्नुभयो ।

गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले सञ्चालन र पत्रकार हरिकृष्ण गौतमले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । सेवासुविधाप्रति सन्तुष्ट देखिएको र सुधारका क्षेत्रमा ध्यान दिनुपर्ने प्रतिवेदन समेत सार्वजनिक भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...