समुदायमा आधारित विपद् प्रतिकार्य तालिम सम्पन्न

Gandaki Pardesh notice

भुरुङ(तातोपानी) १९ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा समुदायमा आधारित विपद् प्रतिकार्य सम्बन्धी तालिम शुक्रवार भुरुङ तातोपानीमा सम्पन्न भएको छ ।

गोर्खा वेलफेयर ट्रष्ट नेपालको प्राविधिक र युकेएडको आर्थिक सहयोगमा विपद्को समयमा आइपर्ने समस्याको सामना गर्नका लागि पूर्वतयारीस्वरुप तालिम सञ्चालन गरिएको हो ।

स्थानीय विपद् तथा जलवायु उत्थानशील समिति अर्थात् विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई लक्षित गरेर सञ्चालन गरिएको तालिममा २३ जनाले सहभागिता जनाएका थिए ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

चारदिन चलेको तालिममा गोर्खा वेलफेयर ट्रष्ट नेपाल र सशस्त्र प्रहरी बल कुरिनटार शिक्षालय चितवनको टोलीले सहजीकरण गर्नुभएको थियो । सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइएको उक्त तालिममा सिलिण्डर ग्यास पड्किँदा कसरी आगो निभाउने, घाँटीमा हड्डी अड्किएमा गर्नुपर्ने उपचार, बाढीपहिरोको समयमा फसेका मानिसहरुको खोज, उद्धार, राहत एवं पुनसर््थापनालगायत विविध विषयहरुमा सहजीकरण गरिएको थियो ।

तालिममा विपद् व्यवस्थापन, प्राथमिक उपचार, खोज तथा उद्धार, पूर्व सूचना प्रणाली र क्षतिको मूल्याङ्कनको विषयमा आधारित रहेर सहजीकरण गरिएको थियो । समापनसत्रलाई सम्बोधन गर्दै गोर्खा वेलफेयर ट्रष्ट नेपालका कार्यक्रम निर्देशक दिपककुमार श्रेष्ठले तालिमको अवधिमा सिकाइएका ज्ञान, सिपलाई आगामी दिनमा विपद्को समयमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले कुनै पनि विपद् आउनुपूर्व आवश्यक तयारी राम्रोसँग गरियो भने विपद्बाट हुन सक्ने सम्भावित क्षतिलाई कम गर्न सकिनेमा जोड दिनुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले विपद्को समयमा मानवीय हिसाबले पनि उद्धार गर्नैपर्ने भएकाले तालिमबाट आउँदा दिनमा हुने विपद्बाट जोगिन तथा उद्धारमा थप सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

अन्नपूर्ण–२, भूरुङ–तातोपानीका वडा अध्यक्ष ओमप्रसाद फगामी र नेपाल रेडक्रस सोसाइटी भूरुङ–तातोपानी उपशाखाका उपसभापति चन्द्रकुमारी राम्जालीले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...