अन्नपूर्णका पर्यटकीय स्थलको डिपिआर बनाउन सुरु

Beni Sanjibani

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुमा पूर्बाधार निर्माणका लागि बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) बनाउन सुरु गरेको छ ।

गाउँपालिका क्षेत्रमा रहेका झरना, प्राकृतिक तातोपानी कुण्ड र दृष्य अवलोकन स्थलमा प्रदेश र संघ सरकारसँग साझेदारी गरेर पुर्बाधार निर्माण गर्नका लागि बजेट भित्र्याउन डिपिआर तयार पार्न लागेको हो ।

डिपिआर बनाउन छनौट भएका परामर्शदाता कम्पनीका प्राबिधिकहरुले पर्यटकीय स्थलहरुको स्थलगत अध्ययन सुरु गरेका गाँउपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । “संघ र प्रदेश सरकारलाई बजेट माग्न १६ वटा योजना छनौट गरेका थियौ,” उहाले भन्नुभयो “पहिलो चरणमा पर्यटकीय सम्भावना बोकेका झरना र तातोपानी कुण्डको डिपिआर बनाउन लागेका छौ ।”

Mangala Health notice

डिपिआर बनाउनका लागि गाउपालिकाले चालू आर्थिक वर्षमा दश लाख रुपैयाँ बिनियोजन गरेको थियो । रुप्से, नारच्याङ र महभिर झरना, भुरुङ्ग, पाउद्धार, रातोपानी र सेकार्कु तातोपानीको मुहानको प्राबिधिक टोलीले स्थलगत निरिक्षण गरेका छन् ।

Aantarik mamila Bal Marry sambandi

झरना सम्म पुग्ने पदमार्ग, बिश्रामस्थल, पार्कीङ, चिया तथा खाजा पसल निर्माणका साथै वरपरका धार्मिक स्थल, जैबिक बिबिधताको संरक्षण तथा सौन्दर्यकरणका लागि पूर्बाधार बनाउने योजना रहेको अध्यक्ष पुनले बताउनुभयो ।

ती झरनाहरुमा क्यानोनिङको समेत सम्भाब्यता अध्ययन गराउने जनाइएको छ । तातोपानीका कुण्डहरुमा शौचालय, कपडा फेर्ने ठाउँ, स्नानगृह, पोखरीमा टायल बिछ्याउने र नदी कटान नियन्त्रणका लागि तटबन्ध गर्ने योजना छ ।

पाउद्धार तातोपानी कुण्डलाई यस वर्ष गाउपालिकाले बीस लाख रुपैयाँ बिनियोजन गरेको छ । परामर्शदाताको प्राबिधिक टोलीलाई नेपालका एक सय वटा पर्यटकीय स्थलभित्र समावेश भएको घोरेपानी, पुनहिल र मोहोरेडाडाको पनि अध्ययनमा लैजाने गाउपालिकाले जनाएको छ ।
अन्नपूर्ण चक्रिय पदमार्ग र मुस्ताङको प्रवेशद्धारमा पर्ने अन्नपूर्ण गाँउपालिका पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको स्थानीय तह हो । गाउँपालिकाले पर्यटकीय स्थलमा दिर्घकालिन र प्रभावकारी पूर्बाधार निर्माणका लागि डिपिआर बनाउन लागेको हो ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...