अन्नपूर्णका गर्भवतिलाई अण्डा, सुत्केरीलाई भाले

Gandaki Pardesh notice

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाँउपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गर्नेलाई अण्डा र संस्थागत सुत्केरी हुनेलाई भाले उपहार दिन थालेको छ ।

सुत्केरी र गर्भवति महिलालाई पोषण कार्यक्रम अन्तरगत तोकिएको समयभित्र चार पटक स्वास्थ्य संस्थामा गर्भपरिक्षण गराउनेलाई अण्डा तथा पालिका भित्रका बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई भाले उपहार दिन थालिएको हो ।

नियमित गर्भपरिक्षण र संस्थागत सुत्केरी हुने दर बढाउनुका साथै पोषिला खानेकुराको उपभोग बढाउन अण्डा र भाले उपहार दिने कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक समुन्द्र बरुवालले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

‘हाम्रो पालिकामा गर्भजाँच गर्ने र संस्थागत सुत्केरी हुने दर कम भएकाले यसलाई बढाउन यस्तो कार्यक्रम सुरु गरेका हौ,’ उहाँले भन्नुभयो ‘४, ६, ८ र ९ औ महिनामा गर्भजाँच गराउन आउँदा एक÷एक क्रेट अण्डा तथा बर्थिङ सेन्टरमा सुत्केरी भएमा दुई हजार रुपैयाँ मूल्य बराबरको भाले दिने ब्यवस्था मिलाएका छौ ।’

चालु आर्थिक वर्ष २०७७÷०७८ मा भुरुङ तातोपानी स्वास्थ्य चौकीले ३ र घार स्वास्थ्य चौकीलाई ८ जनालाई अण्डा र भाले वितरण गरिसकेको छ । ८ वटा वडा रहेको अन्नपूर्ण गाँउपालिकाको भुरुङ्ग–तातोपानी, शिख, घार, हिस्तान, राम्चे स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर छन् ।
दोवा, नारच्याङ र दाना स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर छैन् । अण्डा र भाले उपहार दिने कार्यक्रमका लागि यस आर्थिक वर्षमा चार लाख रुपैयाँ बिनियोजन गरेको गाँउपालिकाका उपाध्यक्ष केशमाया मगरले बताउनुभयो ।

आर्थिक वर्ष २०७४÷७५ मा ४२, ०७५÷०७६ मा ४५ र २०७६÷०७७ मा ५० जनाले पालिका भित्रका बर्थिङ सेन्टरमा संस्थागत सुत्केरी भएका थिए । जटिल अवस्थाका गर्भवतिलाई सुत्केरी हुनका लागि अस्पताल पुग्नका लागि समस्या भएको अवस्थामा सघाउन गाउँपालिकाले आठ वटै वडामा एक÷एक लाख रुपैयाँको आकस्मिक कोष समेत स्थापना गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...