बेनी–गलेश्वर सडक फागुन ३० गतेसम्म दैनिक साढे छ घण्टा बन्द हुने

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने समय लम्बिएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले सोमबार एक सूचना जारी गर्दै स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय तालिका फागुन ३० गतेसम्मलाई लम्बिएको जनाएको छ ।
फागुन १ गतेदेखि बिहान ६–८, दिउँसो ११ः३० देखि १ः३० र राती ८ः३० देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवत जावत बन्द गरेर निर्माणको काम गरिदै आएको छ ।

सडक विस्तारको काम र यातायात सञ्चालन सँगै हुदाँ दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माण कार्य प्रभावित बनेपछि समय तालिका बनाएको प्रजिअ पौडेलले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले दुई किलोमिटर १०२ मिटर दुरीको बेनी–गलेश्वर सडक विस्तार र कालोपत्र गर्न जय धन्नजय–मंगलादेवी–सुवास जेभीसँग रु. १२ करोड २५ लाख ९४ हजार ४३६ मा ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता लगत्तै सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउने कामलाई तिब्रता दिएको निर्माण कम्पनीका प्रतिनिधि सुवास कार्कीले बताउनुभयो । ८५ जना मजदुरका साथै तीन वटा डोजर परिचालन गरिएको छ । दुई वर्षको अवधिमा सडकलाई ११ मिटर फराकिलो बनाएर नाली, पहिरो रोकथाम गर्न पर्खाल र खोल्सामा कल्भर्ट तथा ८ मिटर चौडाईमा कालोपत्र गरिने भएको छ ।

बेनी नगरपालिकाको ८, ६ र ९ नम्बर वडाको भूगोल समेटिएको तीन किलोमिटर दुरिको यो सडक वि.स. २०५३ मा मार्ग खुलेको थियो । यो म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर, रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दु हो ।

४ देखि ६ मिटर फराकिलो सडकको धेरै ठाउँमा ठूला गाडी दुईतर्फी आवत जावत नहुने, फस्ने र जाम हुने गर्दछन् । यस सडक म्याग्दीको बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकले प्रयोग गर्दछन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...