‘हेमबहादुर पुन मगर स्मृति लोकनृत्य प्रतियोगिता’को उपाधी बेनी बोर्डिङलाई

Add Samajik bikash office

बेनी, । नेपाल मगर संघ म्याग्दीले आयोजना गरेको ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी बेनी बोर्डिङ स्कुलले जितेको छ ।

बेनीमा सोमबार सम्पन्न भएको ९ विद्यालय सहभागि प्रतियोगितामा दरबाङ इङ्गलिस बोर्डिङ स्कुल द्धितिय, न्यु वेष्ट पोइन्ट आवासीय मावि तृतिय र प्रकाश मावि सान्तवना भएका छन् ।
प्रथम, दृतीय, तृतीय र सान्तवना हुनेले ट्रफी, प्रमाणपत्र सहित क्रमश रु. २० हजार, १२ हजार, ८ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा र मगर संघ म्याग्दीका अध्यक्ष लोकबहादुर (लोकेश) पुन मगरले विजेता र उपविजेता विद्यालयहरुलाई पुरस्कार वितरण गर्नुभयो ।

Shreekrishna hardwear in news

कार्यक्रममा गर्बुजाले स्थापना दिवसको शुभकामना व्यक्त गर्दै मगर समुदायको इतिहासलाई संरक्षण र प्रवद्र्धन संगै पुर्खाहरुको योगदानलाई युवा पुस्ताले समेत सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । “मगर समुदायको भाषा, कला, संस्कृति देशकै गहना भएको भन्दै यसको संरक्षण, प्रवद्र्धन र उत्थानका लागि राज्यले विशेष ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो “मगर समुदायको बाहुल्यता भएपनि राज्यको बेवास्ता र मगर समुदायले अग्रसरता नलिएकै कारण भाषा हराउँदै गएको छ ।”

राज्यका हरेक क्षेत्रमा मगर समुदायको प्रतिनिधित्व न्युन भएको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यद्धय बिमला गौचन र हरिबहादुर भण्डारीले मगर समुदायको कला संस्कृति ऐतिहासिक र देशकै गौरव भएको बताउनुभयो । मगर संघले निर्माण गर्ने सङ्ग्रहालयलाई बजेट विनियोजनका लागि आफुहरुले प्रदेश सरकारबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Bhautik ministry notice about road

म्याग्दीमा मगर समुदायका कला, संस्कृति र भाषा पुर्नत्थान संगै संरक्षण तथा प्रवद्र्धन गर्न आफुहरुले विशेष पहल गर्ने बताउनुभयो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगर, धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन र अन्नपुर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले मगर सहित सबै समुदायको लोपोन्मुख भाषा, कलासंस्कृतिको संरक्षण र प्रवद्र्धनमा स्थानीय तहले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापा मगर, धवलागिरी गाउँपालिका–३ का वडा अध्यक्ष देविन्द्र रोका, मंगला गाउँपालिका–४,का वडा अध्यक्ष लालबहादुर रोका, मगर संघ म्याग्दीकी निवर्तमान अध्यक्ष डकमाया पाइजाले कार्यक्रमले विद्यार्थीमा लुकेर रहेको प्रतिभालाई उजागर गर्नुका साथै कला संस्कृतीको प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । विभिन्न समयमा संविधानमा व्यवस्था भएको अधिकार माथि समते आक्रमण हुँदै आएको बताउनुभयो ।

मगर संघ म्याग्दीका सचिव हिराबहादुर पुन र मगर विद्यार्थी संघका केन्द्रिय सदस्य समिर रोका मगरले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष खम थापा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्तीहरुलाई सम्मान गरिएको थियो भने क्यान्सर पीडित दुर्गा शेरपुञ्जाको उपाचारको लागि संकलित रकम हस्तान्तरण गरिएको थियो ।

सोही कार्यक्रममा सांसद गर्बुजाले किरन पुनको ‘हिमाली गाउँ’ गितको भिडियो लोकार्पण गर्नुभयो । कार्यक्रमको उद्घाटन पुर्वसन्ध्यामा मगर समुदायको झाँकी सहितको ¥यालीले बजार परिक्रममा गरिएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...