मोनाले स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गर्ने

Gandaki Pardesh notice

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले म्याग्दीका दुई स्थानमा स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गरेको छ ।
रघुगंगा गाउँपालिका–२ भगवति र अन्नपूर्ण गाउँपालिका–६ मा स्तन क्यान्सर तथा पाठेघर सम्बन्धी निशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । मोनाका प्रवत्ता हिक्मत श्रेष्ठले फागुन २४ र २५ गते भगवतिमा र फागुन २६ र २७ गते शिविर आयोजना हुने बताउनुभयो ।
मोना अन्तराष्ट्रिय कार्यसमिति मातहतको महिला तथा बालबालिका कोषको आयोजना र काठमाडौ क्यान्सर अस्पतालको प्राविधिक तथा हरि राम्जालीले स्थापना गर्नुभएको तृप्ती फाउण्डेशनको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको हो ।
शिविरमा स्त्रीरोग विशेषज्ञ चिकित्सकहरुले निशूल्क स्वास्थ्य परिक्षण, परामर्श र औषधी वितरण गरिने भएको छ । पहिचान भएका शल्यक्रिया गर्नुपर्ने बिरामीलाई थप उपचारको व्यवस्था मिलाइने जनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...