राष्ट्रपति रनिङ्ग शिल्डमा बेनपा विजयी

Sinchai Khanipani notice

बेनी, । बेनीमा शनिबार सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । लगातार तीन पटक नै बिजेता बन्न सफल बेनी नगरपालिकाले रनिङ शिल्ड पच गरेको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेनीको खुल्लामञ्चमा दुई दिन सञ्चालन भएको प्रतियोगितामा १५ स्वर्ण, ७ रजत, ८ कास्य पदक हात पार्दै बेनी नगरपालिका प्रथम हुन सफल भएको हो ।

त्यसैगरि ५ स्वर्ण, ७ रजत र ३ कास्य पदक सहित अन्नपूर्ण गाउँपालिका दोस्रो र ५ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित मंगला गाउँपालिका तेस्रो भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

प्रथम, द्धितीय र तृतीय हुन सफल पालिकालाई क्रमश कार्यविधि अनुसार ः रु. २० हजार, १५ हजार र १० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । प्रतियोगितामा जिल्लाका ६ वटा पालिकाको सहभागिता रहेको थियो ।

Bhautik ministry notice about road

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा(खम्बिर), बेनी नगरपालिका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतको उपस्थितमा पदक विजेता खेलाडी र उपाधि बिजेता पालिकालाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्सका ४८ वटा विधामा प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगितामा एथेलटिक्सतर्फ ४ स्वर्ण पदक जित्दै उत्कृष्ट खेलाडी घोषित हुन सफल मंगला गाउँपालिकाकी रिक्जना माझीलाई नगद पुरस्कारसहित आयोजकले सम्मान गरेको थियो ।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई यही फागनु २० र २१ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि हुने ८८ जना खेलाडी छनोट हुनेछन् । छनौट भएका करिब एक सय जना खेलाडीहरुलाई प्रशिक्षण दिएर प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुन पठाइनेछ ।

पालिका स्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई जिल्ला स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गराइएको हो । प्रदेश स्तरीय प्रतियोगितामा विजयी र छनौट हुनेले राष्ट्रिय प्रतियोगितामा सहभागि हुने अवसर पाउनेछन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...