आठौंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Gandaki Pardesh notice

बेनी, । जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेनीमा शुक्रबारदेखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बेनीको खुल्ला मञ्च खेलमैदानमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले उद्घाटन गर्नुभयो ।
जिल्लाका ६ वटै पालिकामा पालिकास्तरीय रनिङशिल्ड सम्पन्न भएपछि जिल्लास्तरीय आठौं रनिङशिल्ड प्रतियोगिता गर्न लागिएको हो । भलिबल, कबड्डी, कराते र एथलेटिक्सको ४८ वटा विधामा पालिकास्तरीयबाट छनौट भएका पाँच सय जना भन्दा बढी खेलाडीहरु सहभागी छन् ।

Bhautik ministry notice about road


प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने पालिकाले क्रमश रु. २० हजार, १५ हजार र १० हजार रुपियाँ सहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । जिल्लामा हरेक बर्ष हुने राष्ट्रपति कपले खेल क्षेत्रमा नवप्रतिभावान खेलाडीहरु पहिचान, खेल क्षमताको विकासमा टेवा पुग्ने प्रतिनिधिसभा सदस्य गर्बुजाले विश्वास व्यक्त गनुर््भयो ।
उद्घटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विमला गौचन, जिसस प्रमुख राजकुमार थापा, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन र प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले शुभकामना व्यक्त गर्नुभयो ।
जिल्लास्तरीय रनिङशिल्डमा उत्कृष्ट हुने विद्यार्थीले फागनु २० र २१ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि हुने अवसर पाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...