पुर्व विद्यार्थीको सहयोग

Sinchai Khanipani notice

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थान पन्थोकमा रहेको भिम माविलाई एक जना पुर्व विद्यार्थीले नगद र खेलकुद सामग्री सहयोग गर्नुभएको छ ।
पुर्व विद्यार्थी नारायण घर्तिमगरले दुई थान फुटबल र रु. आठ हजार नगद बिहिबार उपलब्ध गराउनुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार दिलबहादुर पुनलाई नगद र खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
सहयोगदाता पुर्व विद्यार्थी घर्तिलाई विद्यालयले धन्यवाद ज्ञापन र सम्मान गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...