बेनी नगरपालिकामा विद्युतीय माध्यमबाट घरधुरी सर्वेक्षण गरिदै

Health and samajik ministry notice

बेनी, १० फागुन । म्याग्दीको बेनी नगरपालिकामा नेपालमै पहिलो पटक विद्युतीय माध्यमबाट घरधुरी सर्वेक्षण गरिने भएको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा गैरसरकारी संस्था संगम म्याग्दीले घरधुरी नगरवासीको सामाजिक आर्थिक विपन्नता सुचना व्यवस्थापन प्रणाली मार्फत सर्वेक्षण गर्न लागेको हो ।
युएनडिपीका परियोजना संयोजक सतिष पाण्डेले नेपालमै पहिलो पटक बेनी नगरपालिकामा पाइलट प्रोजेक्टको रुपमा सफ्टवयर र आधुनिक प्रविधिको प्रयोग गरेर घरधुरीको सर्वेक्षण गर्न लागिएको जानकारी दिनुभयो ।
“सवेक्षकहरु मोवाइल, ल्यापटप सहित नगरबासीको घरघरमा पुगेर जिपिएस र १० वटा विषयका सूचना सफ्टवयरमा अपलोड गर्छन्,” उहाँले भन्नुभयो “सर्वेक्षकले सफ्टवयरमा भरेको विवरण अनुसार लक्षित समुदाय पहिचान गरेर नीति र योजना बनाउन तथा बजेट बिनियोजनमा सहज हुनेछ ।”

Bhautik ministry notice about road


१० वटा वडामा परिचालन गर्नका लागि छनौट भएका २० जना स्वमसेवक सर्वेक्षकहरुलाई बेनीमा तीन दिने तालिम प्रदान गरिएको छ । तालिम समापनको अन्तिम दिन बुधबार नगर प्रमुख सुरत केसी र उपप्रमुख ज्योती लामिछानेलाई युएनडिपीले विकास गरेको सफ्टवयर हस्तान्तरण गरिएको थियो ।
घर केले छाएको छ ?, सिप सिकेको छ की छैन ?, विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी कति टाढा छ ?, विपद्को जोखिम छ की छैन ?, अपाङ्गता, जेष्ठ नागरिक छन की छैनन ?, वैदेशिक रोजगारमा आवद्ध छ की छैन ? भए कुन देशमा छन ?, आम्दानीको स्रोत के हो जस्ता विषयमा विवरण संकलन गरिने भएको छ ।
४ महिनाको अवधिमा बेनी नगरपालिकाको ८ हजार घरमा पुगेर विवरण संकलन गरिने संगम म्याग्दीका भरत केसीले बताउनुभयो । स्वयम सेवक सर्वेक्षकहरुलाई युएनडिपीका दिनेश विष्ट, सफ्टवयर डेभलपर सन्दिप भट्ट, नगरपालिकाका सूचना प्रविधि अधिकृत खिम क्षेत्री लगायतले तालिम दिनुभएका थियो ।
सो अवसरमा जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर क्यु आर कोड सहितको परिचयपत्र उपलब्ध गराउन सकिने उपकरण पनि हस्तान्तरण भएको थियो । नगर प्रमुख केसी र उपप्रमुख लामिछानेले वास्तविक तथ्याङ्क र विवरण संकलन भएपछि लक्षित समुदाय केन्द्रित कार्यक्रम गर्न सहज र प्रभावकारी हुने अपेक्षा गरेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...