पानी डाक्न नारच्याङवासीले पुजाआजा गरे

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वासिन्दाहरुले आकाशे पानी डाक्दै पुजा आजा गरेका छन् ।
समुन्द्रि सतह देखि दुई हजार ६०० मिटर उचाईको थामडाडामा पुगेर भूमे बराह र देवी देवताको पुजाआजा गरेका हुन् । नारच्याङको लेक गाउँ देखि ३ घण्टा जंगलको बाटो हिडेर थामडाडामा पुगेर पुजाआजा गरिएको वडा सदस्य श्याम पुर्जाले जानकारी दिनुभयो ।
गत असोजदेखि बर्षात नहुँदा हिउँदे खेतीबाली सुक्न थालेको छ भने बर्खेबाली लगाउन पनि समस्या भएको छ । यसपालीको हिउँद सकिनै लाग्दा समेत हिउँ परेको छैन् । हिउँले ढाकिनुपर्ने हिमाल आसापासको पहाड काला बनेका छन् ।
यसअघि पनि खडेरी परेको अवस्थामा थामडाडामा पुगेर पुजाआजा गरेपछि बर्षात भएको स्थानीयका भनाई छ । आगो बालेर धुप, बत्ति गरेका गाउँलेहरुले धजा समेत बाँधेका छन् । देउतालाई खुसी पार्नका लागि पञ्चे बाजा बजाएर नाचगान गरेका थिए । टोल सुधार समितिहरुको संयोजनमा पुजा गरिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...