जलजलाको बराहतालमा राष्ट्रपतिको स्वागतका लागि तयारी

Gandaki Ghumau

मल्लाज, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको भोली बुधवार पर्वतको जलजला क्षेत्रमा हुने भ्रमणको तयारी पुरा भएको छ ।

बुधवार विहान ११ बजे राष्ट्रपति भण्डारी जलजला गाउँपालिका २ पूर्ण गाउँस्थित बरातालमा आउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको हो ।

राष्ट्रपतिको भ्रमणलाई लिएर मंगलबार जिल्ला स्थित सुरक्षा अधिकारी, राष्ट्रपति कार्यालयबाट खटिएको कर्मचारी सहितको टोली, जनप्रतिनिधि र स्थानीयवासी सहितको समन्वय वैठक गरी व्यवस्थापकीय र सुरक्षालाई प्रभावकारी बनाउने छलफल भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

Shreekrishna

राष्ट्रपति भण्डारीले जलजलाको धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कालाञ्जर हम्पाल क्ष्ोत्रको अवलोकन र वडा नम्बर २ पूर्ण गाउँ स्थित आदि बराह तालमा निर्मित कुल मन्दिरको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

समुन्द्र सतहदेखि तीन हजार मिटर उचाईमा रहेको पौराणिक–धार्मिक रुपले महत्वपूर्ण पर्यटकीय स्थल कालञ्जर हम्पाल(जलजला) क्ष्ोत्रको हेलिकप्टरबाट अवलोकलन गर्ने कार्यक्रम रहेको पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।

Gunasthariya Shiksya

पर्यटकीय संभावनायुक्त क्षेत्र बराह ताल र हम्पाल कालञ्जर क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा ठूलो टेवा पुग्नुका साथै देश तथा विदेशमा परिचित गराउने र आगमी दिनमा महत्व बढेर जाने अपेक्षा गरिएको पालिका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

राष्ट्रपति भण्डारीसँगै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरि, मुख्य सचिव शंकरदास बैरागी, संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी, गण्डकी प्रदेशका पुर्व सभामुख नेत्रनाथ अधिकारी लगायत विशिष्ट व्यक्तिहरु आउनुहुने जनाइएको छ ।
बराह तालको बिच भागमा अवस्थित बयसको रूख त्यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जल बराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा घर्ती क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छन् । मन्दिर पुननिर्माणको मुख्यदाता रविन्द्रजंग लामिछनेले २५ लाख रुपियाँ सहयोग प्रदान गर्नुभएको छ । मन्दिर निर्माण गर्न करिब रु. डेढ करोड खर्च भएको जनाइएको छ ।

समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा रहेको बराह ताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरी हिमाल रहेका छन् । बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराह ताल प्राकृतिक रुपमा सुन्दर छ ।

यहाँबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । जनैपूर्णिमामा लाग्ने विशेष मेलामा पर्वत सहित, म्याग्दी, बागलुङ, पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँबाट पनि श्रद्धालुभक्तजन आउने स्थानीय युवा नविन जिसीले बताउनुभयो । मागेको बर पूरा हुने विश्वास गर्ने गरिएको बराह क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाइएको जलजला २ का वडाअध्यक्ष प्रकाश जिसीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...