गठबन्धनले अघि सारेका व्यक्तिनै राष्ट्रपति– नेता अर्याल

Health and samajik ministry notice

बेनी, नेकपा एमालेका केन्द्रिय सचिव तथा गण्डकी प्रदेशका सहईञ्चार्ज पद्यमा अर्यालले सत्तारुढ गठबन्धनका उमेद्वारनै राष्ट्रपति बन्ने दावी गरेकी छिन् ।
नेकपा एमाले म्याग्दीको प्रचार तथा प्रकाशन विभागले मंगलबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता अर्यालले गठबन्धनले अघि सार्ने व्यक्तिनै राष्ट्रपति बन्ने बताएकी हुन् ।
‘प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको प्रयास गर्नुलाई अन्यथा मान्नु हुदैन, माओवादी केन्द्र र प्रधानमन्त्री गठबन्धन भन्दा बाहिरका व्यक्तिलाई राष्ट्रपति बनाउँदा आउने जटिलताको बारेमा जानकारनै हुनुहुन्छ,’ उनले भनिन् ‘गठबन्धनले अघि सार्ने व्यक्तिनै राष्ट्रपति बन्नेमा कुनै शंका गर्नुपर्दैन् ।’
एमालेका नेताहरुले गत पुष १० गतेको सहमति अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने दावी गरिरहेका छन् । अर्यालले गठबन्धनबाट कुन दलले राष्ट्रपति पाउँछ भन्ने स्पष्ट पारिनन् ।
सरकारले छोटो समयमै देशको बिग्रदो आर्थिक अवस्थालाई सुधारका लागि गरेको प्रयासले सकारात्मक संकेत मिलेको बताउदै अहिलेको गठबन्धनको निरन्तरतानै राष्ट्रिय आवश्यकता भएको अर्यालको भनाई थियो ।
एमालेको प्रमुख चुनौतिको रुपमा रहेको दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकताको अन्त्य गर्नका लागि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको नेता अर्यालले बताइन् ।

Bhautik ministry notice about road


‘कार्यकर्ता र नेताहरुलाई प्रशिक्षणको माध्यमवाट अवसरवादबाट मुक्त बनाउनु अभियानको मुख्य उद्देश्य हो,’ अर्यालले भनिन् ‘पार्टीको विधि, बिधान विपरित काम गर्नेलाई पहिलो चरणमा शिक्षा दिन्छौ, सुधाए नभए अन्य विकल्प पनि अपनाउछौ ।’
बेनीमा जनप्रतिनिधि र अगुवा कार्यकर्ताहरुलाई दुई दिने प्रशिक्षण सकेको एमाले म्याग्दीले फागुन २० गतेभित्र पालिका र बैशाख ९ गतेसम्म वडा तथा टोल स्तरमा संगठन सुदृढीकरण र विस्तारको गतिबिधि गर्ने योजना बनाएको जिल्ला उपसचिव राजकुमार थापाले बताए ।
पार्टी र जनवर्गीय संगठनहरुको भेला, बैठक, प्रशिक्षण, सदस्यता विस्तार र नविकरण समेत गरिने उनले बताए । पार्टी र नेता कार्यकर्तालाई टोल र वस्ती स्तरसम्म परिचालन गरिने एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र केसीले बताए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...