पश्चीम नेपालका कर्मचारीलाई अभिमुखीकरण

Gandaki Pardesh notice

बेनी, । पश्चीम नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरुका लागि उत्प्रेरण तथा अभिमुखीकरण कार्यक्रम ंगलबार बेनीमा सम्पन्न भएको छ ।
सहकारीको मुख्य कार्यालय र सदस्य सेवा केन्द्रका ३५ जना कर्मचारी तथा सञ्चालक समितिका पदाधीकारीहरु सहभागी कार्यक्रमको विकु बचत तथा ऋण सहकारी संस्था नवलपुरका पुर्व अध्यक्ष हलिलाल सापकोटाले सहजिकरण गर्नुभएको थियो ।
सहकारीको सैद्धान्तिक र प्राविधिक विषयमा कर्मचारीहरुलाई दक्ष बनाउने तथा उत्प्रेरणा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । संस्थाका अध्यक्ष भिमप्रसाद गौतमको अध्यक्षता, सचिव कृष्णप्रसाद आचार्यको सञ्चालन र उपाध्यक्ष हरिप्रसाद पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा प्रबन्धक सदन कडेलले आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गर्नुभएको थियो ।
फागुन १७ गतेभित्र मुख्य कार्यालय र सात वटै सदस्य सेवा केन्द्रमा सेयर सदस्यहरुका लागि पनि सहकारी शिक्षा कार्यक्रम गरिने सचिव आचार्यले जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...