ओमशान्तिको सभाहल भवन शिलन्यास

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनीमा योग सभाहल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले बेनी नगरपालिका–७ मा भवन निर्माण शुरु गरेको हो ।
भवनको मंगलबार गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर भण्डारीले शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा रु. १३ लाख र पर्यटन मन्त्रालयले रु. ५ लाख बिनियोजन गरेका छन् ।
“योग, ध्यानको माध्यमबाट तनाव व्यवस्थापन र स्वास्थ रहनका साथै संस्कारयुक्त नागरिक तयार पार्न मद्दत पुग्छ,” सांसद भण्डारीले भन्नुभयो “योग सभाहल निर्माणलाई पूर्णता दिन थप बजेटका लागि पहल गर्छु ।”

Bhautik ministry notice about road


२२ फिट लम्बाई र ३८ फिट चौडाईको एक तले भवन निर्माणका लागि रु. २२ लाख लागत अनुमान गरिएको छ । ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले दुई वर्षअघि करिब रु. तीन करोडमा भवन सहित जग्गा खरिद गरेको थियो ।
चन्दा र सरकारी निकायको सहयोग जुटाएर राजयोग सभाहल निर्माणलाई पूर्णता दिने विद्यालयकी सञ्चालिका रिनाले बताउनुभयो । बेनीमा योग, ध्यानका लागि उपयुक्त पूर्वाधार नभएकाले सामाजिक उपयोगको उद्देश्यले भवन बनाउन लागेको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news


बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सकारात्मक सोचको विकास गराउन योग र ध्यानको आवश्यकता रहेको बताउनुभयो । परिवर्तनको शुरुवात आफैबाट गर्नुपर्ने उहाँको भनाई थियो ।
नगर उपप्रमुख ज्योती लामिछाने, गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य विनोद केसी, नगर कार्यपालिका सदस्य सृजना श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रममा ब्रह्मकुमार राजु घलेले सकारात्मक सोच सम्बन्धी प्रवचन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...