मगरदाङ्गका महिला विकृति विरुद्धको अभियानमा

Gandaki Pardesh notice

प्रकाश अधिकारी

Bhautik ministry notice about road

मगरदाङ्ग, । म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ्गमा मदिरा सेवन गरेर होहल्ला, झैझगडा र सामाजिक सद्भाव बिगार्नेलाई रु. १५ हजार सम्म जरिवाना तिराउने नियम बनाइएको छ ।
मगरदाङ्ग आमा समूहले जनप्रतिनिधि र अगुवाहरुको सहभागितामा हिउँदे गाउँसभा गरेर सामाजिक विकृति र हिंसा न्युनीकरणका लागि नियम बनाउनुका साथै ज्याला र कृषि उपजको मूल्य निर्धारण गरेको हो ।
समुहकी अध्यक्ष राजमति बुढाले जुवातास खेल्न र आयातित मदिरा सेवन तथा बिक्री बितरण गर्न रोक लगाइएको बताउनुभयो । “हाम्रो गाउँभित्र आयातित मदिरा बेचबिखन गर्न रोक लगाएका छौ,” उहाँले भन्नुभयो “तोकिएको भन्दा अन्य समयमा घरेलु मदिरा सेवन गरेर होहल्ला, झगडा र अशान्ति फैलाउनेलाई जरिवाना तिराउछौ ।”
संस्कारगत बिवाह, छेवार, किरिया र घरमा साँझको समयमा मात्र गाउँमै उत्पादन भएको मदिरा प्रयोग गर्न छुट दिइएको छ । मगर समुदायको बाहूल्य बसोबास रहेको मगरदाङ्गमा २५० घरधुरी छन् ।
तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलो पटक रु. पाँच हजार, दोस्रो पटक रु. दश हजार र तेस्रो पटक पन्ध्र हजार जरिवाना तिराएर प्रहरीको जिम्मा लगाइने मगरदाङ्ग आमा समूहकी सचिव सुनिता पुनले बताउनुभयो ।
समूहले निर्णय कार्यान्वयनका लागि टोल टोलमा महिलाहरुको निगरानी समुह बनाएका छन् । मदिराको अब्यवस्थित सेवन तथा जुवातास र लागु पदार्थ दुव्र्यसनीका कारण उत्पन्न घरेलु हिंसा, सामाजिक सद्भावमा असर र विकृति नियन्त्रणका लागि महिलाहरु अग्रसर बनेका हुन् । आमा समुहको प्रयासमा वडाका जनप्रतिनिधि, राजनीतिक दल र देउताभिर युवा क्लवले पनि साथ दिएका छन् ।
गाउँसभा मार्फत उमेर समूह अनुसार मजदुरको ज्याला र कृषि उपजको मूल्य निर्धारण गरिएको छ । सबैभन्दा कम खेतलाको दैनिक रु. ४०० देखि अधिकतम हल गोरु सहितका हलीलाई प्रतिदिन रु. एक हजार ४०० ज्याला तोकिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...