प्रथम ‘नरबहादुर भट्टचन स्मृति’ रनिङ्ग कपको उपाधी काउलेगौडा र मंगलालाई

Sinchai Khanipani notice

बाबियाचौर । बेनी नगरपालिका–९ घतानले बाबियाचौरमा सम्पन्न प्रथम ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप’को पुरुषतर्फको उपाधी जितेको छ ।
बाबियाचौरमा सोमबार भएको फाइनलमा आयोजक मंगला गाउँपालिका भलिबल संघले महिलातर्फको उपाधी जितेको छ । वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मंगला गाउँपालिका–५ अर्मन दोस्रो भएको छ ।
खुल्ला महिला भलिबलमा मालिका युवा क्लव सहश्रधारा दोस्रो भएको छ । चार दिनसम्म सञ्चालन भएको पुरुष भलिबल प्रतियोगितामा १३ टिमको सहभागिता थियो । पुरुषतर्फ विजेता र उपविजेताले रनिङ्ग कप, ट्रफी, मेडल र प्रमाणपत्र सहित रु. एक लाख र ५५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

Bhautik ministry notice about road


महिलातर्फ बिजेता र उपविजेताले रनिङ्ग कप, ट्रफी, मेडल र प्रमाणपत्र सहित रु. ६० हजार र ३५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । भलिबल खेलाडी स्व. नरबहादुर भट्टचनको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिएको प्रतियोगितालाई निरन्तरता दिइने मंगला गाउँपालिका भलिबल संघका अध्यक्ष मुक्त केसीले जानकारी दिनुभयो ।
रनिङ्गकपको मुख्य प्रायोजन स्टालिन शेरचन÷ सरद शेरचनले गर्नुभएको थियो । मालिका र मंगला युवा क्लवले सहप्रयोजन गरेका थिए । प्रतियोगिताको प्रत्येक खेलमा म्यानअफ म्याच, उत्कृष्ट खेलाडी, स्पाईकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटर, टिमकोचको उपाधी पनि वितरण गरिएको थियो । प्रतियोगिताको फागुन ५ गते प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले उद्घाटन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...