शिक्षक संघ म्याग्दीको अधिवेशन

Gandaki Pardesh notice

बेनी, । नेपाल शिक्षक संघ म्याग्दीको नवौ जिल्ला अधिवेशन आइतबार बेनीमा सम्पन्न भएको छ ।
अधिवेशनबाट नगेन्द्रबहादुर खत्रीको अध्यक्षतामा कार्यसमिति गठन भएको छ । खत्री संघको अघिल्लो कार्यसमितिको पनि अध्यक्ष रहनुभएको थियो । समितिको महिला उपाध्यक्षमा भिमकुमारी सुवेदी, उपाध्यक्षमा चन्द्रमान छन्त्याल, सचिव विनय श्रेष्ठ चयन हुनुभएको छ ।
अर्थ सचिवमा शिवदत्त रेग्मी, सहसचिव महिलामा अञ्जु पोख्रेल, अर्थ सहसचिवमा भगवती शर्मा, सहसचिवमा ज्ञानेन्द्र विक्रम शाह, समावेशी सहसचिवमा गिता सुवेदी, राजेन्द्र जिसी चयन हुनुभएको छ ।
सदस्यहरुमा सुनिलबहादुर बानिया, बिमला बुढा सिंकिजा पुन, प्रेमबहादुर थापा, लिलबहादुर सुनार, रमेशप्रसाद पौडेल रहनुभएको छ । संघीय महाधिवेशन प्रतिनिधिमा कल्याण सुवेदी, जमुनाकुमारी रोका, जगिन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।
अधिवेशनको प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सांसद गर्बुजाले शैक्षिक सुधार र शिक्षकहरुको हक हितका लागि नीतिगत पहल गर्ने प्रतिवद्धता जनाउँदै शिक्षण पेशासँगै सामाजिक रुपान्तरणका लागि शिक्षकहरुले अगुवाई गर्नुपर्ने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...