‘पान्चायन देवता परिचय” को विमोचन

Gandaki Pardesh notice

गोपाल आचार्य
ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा महाशिवरात्री पर्वको अवसरमा ‘पान्चायन देवता परिचय’ पुस्तक विमोचन गरिएको छ ।

स्व. लिलाधर तथा जगत कुमारी सुवेदीका ८१ वर्षीय फणीन्द्रनाथ सुवेदीले लेख्नुभएको पुस्तक वडा अध्यक्ष अशोक खत्रीले विमोचन गर्नुभएको हो । पुस्तकमा पाञ्चायन देवता मन्दिरहरुको चिनारीको अभिलेख रहेको छ । पुस्तकले पञ्चायन देवता मन्दिरहरुको चिनारीका साथै अध्ययन र संरक्षणका लागि महत्व बढाउन सहयोग गर्ने वडा अध्यक्ष खत्रीले बताउनुभयो ।

Bhautik ministry notice about road

पान्चायन देवता कुल पुजा व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम रुपक सुवेदीको सञ्चालन र तुलसी सुवेदीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । कार्यक्रममा धवलागिरी गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज शर्माले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

पुर्व शिक्षक सुवेदीको यो छैटौ कृति हो । सुवेदीले यसअघि मासिका श्राद्ध विधि, सरलीकृत गृह वास्तु, पञ्चध्वेनु दान विधि, सरलीकृति मासिका श्राद्ध र बोधसंगद कृति प्रकाशन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...