खोलाखेतमा महाशिवरात्रीको अवसरमा सांस्कृतिक र खेलकुद कार्यक्रम शुरु

Sinchai Khanipani notice

बेनी, । पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा महाशिवरात्री पर्व–२०७९ को अवसरमा सांस्कृतिक तथा खेलकुद कार्यक्रम शुरु भएको छ ।
खोलाखेत युवा क्लवले आयोजना गरेको कार्यक्रमको आइतबार जलजला गाउँपालिकाका कार्यवाहक अध्यक्ष दिपक आचार्यले उद्घाटन गर्नुभयो । कार्यक्रममा आचार्यले युवाहरुलाई खेलकुदसँगै माध्यमबाट सिर्जनशिलता र सामाजिक रुपान्तरणमा सक्रीय बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जलजला गाउँपालिकाको वडा नम्बर ४ का अध्यक्ष भरत बहादुर क्षेत्री, नेकपा एमालेका गाउँपालिकाका उपाध्यक्ष बाबुराम कार्की, टेकबहादुर जिसी, शिव काकीृ, बेलबहादुर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भक्तबहादुर कार्कीको सञ्चालन र रामबहादुर जिसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । गायक कृष्ण अखेली र शान्ता वर्देवाको सांगितिक प्रस्तुतिमा स्थानीयवासी र दर्शकहरु रमाएका थिए । फागुन ११ गतेसम्म सञ्चालन हुने कार्यक्रममा पुरुष भलिबल, पौढ भलिबल, छेलो फाल्ने, लठो तान्ने र अन्धनिशान प्रतियोगिता आयोजना गरिएको छ ।
पुरुष भलिबलमा प्रथमलाई रु. ७९ हजार र दृतीयलाई रु. ४० हजार नगद पुरस्कारको व्यवस्थाको साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...