गलेश्वरमा यसपालीको शिवरात्रीमा चार लाख ३५ हजार भेटि संकलन भयो

khali

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा महाशिवरात्रीमा एकै दिन रु. चार लाख ३५ हजार भेटि संकलन भएको छ ।

महाशिवरात्रि पर्वको अवसरमा शनिबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि आइतबार गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले महाशिवरात्रीका दिन रु. चार लाख ३५ हजार ३७ भेटि संकलन भएको जानकारी दिनुभयो ।

“कोषका पदाधीकारी, प्रहरी र जनप्रतिनिधीको रोहबरमा भेटि गनिएको हो,” उहाँले भन्नुभयो “संकलित भेटि कोषको खातामा जम्मा हुन्छ ।” गत बर्षको महाशिवरात्रीमा गलेश्वरमा रु. तीन लाख ५० हजार र अघिल्लो वर्ष तीन लाख ६८ हजार भेटि संकलन भएको थियो ।

Shreekrishna hardwear in news
khali

म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन लगायतका जिल्लावाट महाशिवरात्रि पर्वको मेला भर्न ३० हजार जना भक्तजन आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

शिवरात्रीको अवसरमा शनिवार राती महावक्ती बालिएको थियो । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमा फैलिएको गलेश्वरमा महाशिवरात्री, बालाचर्तुदर्शी र साउन महिनाको सोमबारका दिन बिशेष मेला लाग्ने गर्छ ।

गलेश्वरधामलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थ स्थल मुक्तिनाथको प्रवेशद्धारका रुपमा चिनिन्छ । द्धापरयुगमा सतिदेबी गला पतन भएकाले गलेश्वर नाम रहन गएको यस स्थानमा दर्शन र पुजाआजा गरेमा सुख, शान्ति, सम्बृद्धि र मनोकामना पुरा हुने विश्वास छ ।
गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटि पुजारी, कर्मचारीको तलव, संस्कृत विद्यालय, जेष्ठ नागरिक आश्रम सञ्चालन र पुर्वाधार निर्माणमा परिचालन हुदै आएको छ । भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब दश करोड रुपैयाँको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...