गलेश्वरमा भक्तजनको भीड

Gandaki Ghumau

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा शनिबार बिहान देखि आइतबार बिहानसम्म भक्तजनको भीड लागेको छ । महाशिवरात्रि पर्वमा भगवान शिवको पुजा आराधानको लागि बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजन र दर्शनार्थिहरुको भीड लागेको हो ।

विहानैदेखि भक्तजनको भीड लागेपछि लाइन लगाएर सहज रुपमा पुजा र दर्शन गर्ने व्यवस्था मिलाइएको गलेश्वर शिवलाय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार, शिवलारात्री पर्वको अवसरमा मन्दिरमा पुजाआजा र दर्शन संगै रातमा दिप प्रज्वलन गर्ने भक्तजनहरुको सहजताका लागि विभिन्न उप–समितिहरु मार्फत आवश्यक सहजीकरणको काम भैरहेको छ ।

Gunasthariya Shiksya

पवित्र कालीगण्डकी नदी किनारमाथि रहेको नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वरधाममा पूजाआजाका लागि म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, नवलपरासी लगायतका क्षेत्रबाट समेत भक्तजनहरु उल्लेख्य मात्रामा आएका छन् ।

Shreekrishna

नेपालको दोस्रो पशुपतिनाथको रुपमा परिचित गलेश्वर शिवालय मुक्तिनाथ प्रवेशद्धारकोरुपमा समेतगलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवजीको पूजा आराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकीर्तन गर्ने, धुनी जगाउने तथा भगवान् शिवको प्रिय मानिने महाप्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको छ । गलेश्वर शिवालयका साथै जिल्लाका अन्य स्थानमा रहेका शिव मन्दिरहरुमा समेत विहानैदेखि भक्तजनहरुको चहलपहल बढेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...